बुधबार १० कार्तिक २०७८

बैतडी । सन्सेरीमाण्डौँका व्यापारी ह,त्या प्र,क,,रण,मा संलग्न रहेको आ,रो,प,मा प,क्रा,उ परेका चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ।

प,क्रा,उ परेका सातजना मध्ये तीनजनालाई सामान्य सोधपुछपछि छोडेको र बाँकी चारजनालाई हिरासतमा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।

प्रहरीले सुर्नया गाउँपालिका–५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया–४ का हरिस सिंह महरा, स्थानीय होटेल सन्चालक रामबहादुर महरा र शंकरसिंह महरालाई शुक्रबार सार्वजनिक गरेको हो। उनीहरूले व्यापारी कमले महरालाई फलामको रडले हानेर ह,त्या गरेको प्रहरीको आरोप छ।

बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घ,ट,नाको बिषयमा थप अनुसन्धान भैरहेको छ।

उनले भने, ‘आरोपित व्यक्तिहरूको बयान शुरु भएको छैन् । सामान्य सोधपुछका क्रममा तीनजनालाई छोडेर चारजनालाई हिरासतमा राखि अनुसन्धान शुरु गरेका छौं।’ चारजना मध्ये रामबहादुर मडैको ह,त्या,मा मुख्य संलग्नता रहेको प्रहरीले जनाएको छ। मडैलाई विहीबार घरैबाट प्रहरीले प,क्रे,को हो।

सुर्नया–४ सन्सेरीमाण्डैँस्थित मासु पसल सञ्चालन गर्दै आएका ५६ वर्षीय कमले महराको विहीबार बिहान श,व फेला परेको थियो।

मुम्बई(अमर उजाला)– भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ । उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

उजुरीकर्ताले शोको एक एपिसोडमा केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा मदिरा पिएको अभिनय गरेको आरोप लगाएका छन् । त्यो बोतलमा ‘मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो’ भनि लेखिए पनि त्यसको पालना नगरेको दाबी उजुरीकर्ताको छ ।

उजुरीकर्तावाला वकिलले शिवपुरीको सीजेएम कोर्टमा उजुरी दर्ता गराएका थिए ।

‘सोनी टेलिभिजनमा प्रसारण हुने ‘कपिल शर्मा शो’ बकवास हो । शोमा मञ्चमा अदालत बनाइयो र सार्वजनिक रुपमा मञ्चमा कलाकारले मदिरा पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीकाविरुद्ध मैले ३५६÷३ धारा अनुसार उजुरी दर्ताको माग गरें’, उजुरीकर्ताले भनेका छन् । उनले शोमा युवतीमाथि भद्धा प्रतिक्रिया दिने आक्षेप लगाएका छन् ।

 


Last Updated on: September 24th, 2021 at 5:18 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया