आइतबार ३१ आश्विन २०७८

आकाशमा उडिरहेको २ विमान एकअर्कासँग ठोक्किएर आगो लागेपछि पनि सबै यात्रु जिउँदै रहेको कुरा पत्याउन गाह्रो गर्छ । तर यस्तो चमत्कार भएको भिडियो नै सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियो सन् २०१३ को हो । विस्कन्सिनको लेक सुपरियर क्षेत्रमा स्काई ड्राइभिङका क्रममा दुर्घटना भएको थियो ।

स्काई ड्राइभिङमा २ विमानले सँगसँगै उडान भर्ने भएकाले उडिरहेका बेला दुर्घटना हुन गयो । लगत्तै एउटा विमानमा आयो लाग्यो तर विमानमा रहेका सबैले हामफाले ।

सौभाग्यको कुरा के थियो भने सबै यात्रुको प्यारासुट खुल्यो र सुरक्षित जमिनमा अवतरण गरे । त्यतिबेला खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।

स्वस्थ शरीरिको लागि प्रोटिन एकदमै आवश्यक छ । उमालेका अण्डा प्रोटिनको राम्रो स्रोत हो । मांसपेशी बलियो बनाउन र शारीरिक विकाश गर्नका लागि प्रोटिनको विशेष भुमिका रहेको हुन्छ । उमालेका अण्डालाई प्रोटिनको राजा मानिन्छ । अरु मानिसहरुको तुलनामा जिम जाने मानिसहरु उमालेका अण्डा बढी प्रयोग गर्ने गर्दछन् ।

मानिसहरु शरीरको बढ्दो तौलमाथि नियन्त्रण गर्न अथवा कम गर्नका लागि उमालेको अण्डा उपयोगि मान्ने गर्दछन् । र आजभोली व्यायाम गर्नेहरुमा ‘उमालेको अण्डा डाइट’ भन्ने डाइटिङ लोकप्रिय छ तर, के हामीलाई थाहा छ उमालेका अण्डाको सेवन गर्नाले स्वाथ्यमा फाइदा मात्र होइन बढी सेवन गर्नाले यसले स्वास्थ्यमा केही साइड इफेक्ट पनि गर्न सक्छ । विशेषज्ञहरुका अनुसार, फिटनेशप्रेमीहरुबिच लोकप्रिय यस डाइटबाट तत्कालै स्वास्थमा कुनै ठूलो परिवर्तन गर्दैन । उमालेको अण्डा एउटा स्वस्थ आहार त हो, तर पनि यो सन्तुलित आहार भने होइन ।

 


Last Updated on: September 25th, 2021 at 9:48 am
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया