बुधबार १० कार्तिक २०७८

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि केही दुरीमा रहेको धनुषाको सिमराढीकी एक महिला विगत डेढ महिनादेखि बे,प,त्ता भएकी छिन् ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १० सिमराढी बस्ने जीतन शर्माकी अन्दाजी बर्ष २२ की श्रीमति सँगीता ठाकुर विगत डेढ महिनादेखि बे,प,त्ता भएकी छिन् । उनी धनुषाको बीरेन्द्रबजारबाटै बे,प,त्ता भएको बताइएको छ ।

गत साउन २० गते कानको उपचार गराएर फर्कने क्रममा धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बीरेन्द्रबजार (राजमार्ग) बस स्टैण्डमा ओर्लेकी थिइन् । श्रीमान जीतन शर्मा समेत उनीसँगै थिए ।

बीरेन्द्रबजार स्थित उनको दिदीको घर भएकोले पुनः भोलीपल्ट लहान जानको लागि सहज हुने भन्दै सँगीताले आज दिदीकै घरमा बस्ने जिद्द गरेकी उनका बुवा कुशे ठाकुरले जानकारी दिए । सँगीताले दिदीकै घरमा बस्ने हठ गरेपछि श्रीमान जीतनले उनलाई दुई थ,प्प,ड हानेपछि समान्य ,झ,ग,डा भएको थियो ।

सोही झ,ग,डा,,पछि जीतन पि,सा,ब फेर्न जाँदा सँगीता त्यहाँबाट बे,प,त्ता, भएको बताइएको छ । पि,सा,ब फेरर जितन बस स्टैण्डमा आउँदा सँगीता देखिएनन् । धेरै खोजबिन गरेपनि सँगीता नदेखिएपछि कतै भागेको अनुमान गरिएको छ ।

साँझ ५ बजे बस स्टैण्डमै रहेका दुवै जनाबीच समान्य झ,ग,डा हूँदा सँगीता कतै भागेको बताइएको छ । कानको समस्या लिएर लहान उपचार गराउन गएकी सँगीता उपचार गराएर फर्कने क्रममा बे,प,त्ता भएको बताइएको छ ।

सिरहाको माडैर खटोका टोल माईत रहेको सँगीताको बुवाले छोरी ह,रा,ए,को डेढ महिना बितिसक्दा पनि अझै फेला पर्न सकेको छैनन् । कुशे ठाकुरका अनुसार, अन्तिम समय केही दिन अघि मात्र धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ पर्वतामा देखिएको स्थानीयहरु बताउँछन् ।

रातो सारी र हरियो ब्याग बोकेकी सँगीता परिवारजनबाट सम्पर्कविहिन भएकी हुन् । उनको मोबाईल समेत अफ रहेको उनको बुवा ठाकुरले बताए । बेपत्ता भएदेखि नै उनको मोबाईल अफ रहेको बताइएको छ ।

यसको लागि प्रहरीमा फोटो सहित छोरी खोजिदिनको लागि निवेदन दिएपनि अझै भेटाउन सकेको छैनन् । धनुषाको पर्वतास्थित रहेको मन्दिरमा परिक्रममा गरेको एक साधुले देखेको बताइएको छ । त्यसपछि त्यहाँबाट पनि कतै गएको बुझिएको छ ।

उनको बुवाका अनुसार, पर्वतामा देखिएपछि अहिले सँगीता पनि सोही क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ । शुक्रबार जनकपुर सहित मुजेलिया तर्फ खोजबिन गरिएको छ । धनुषाधाम क्षेत्रको नौयसबिघा, धनुषाधाम, किसानपुर, धारापानी, महेन्द्रनगर, सखुवा लगायतकै क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।

ठाकुरले आफ्नो सम्पर्क नम्बर जारी गर्दै सँगीतालाई देखिएको खण्डमा जानकारी गराउन अपिल गरेका छन् । उनले 9816797038 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । सँगीता अहिले धनुषाधामदेखि महेन्द्रनगर आसपासको क्षेत्रमा हुन सक्ने अनुमान गरिएको छ ।

रातो सारी, मुख सुकेको, हरियो ब्याग भएको सँगीता देखिएमा तत्काल नजिकको प्रहरी तथा न्यूज ब्यूरोको 9854028045 / 9854021284 नम्बरमा सम्पर्क गरी जानकारी दिन अपिल गरिएको छ । गरिब परिवार भएको सँगीता ह,रा,ए,पछि उनको बुवाआमा डेढ महिनादेखि राम्ररी खाना समेत खान पाएका छैनन् ।

 


Last Updated on: September 25th, 2021 at 11:38 am
४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया