मंगलबार ०३ जेठ २०७९

मान्छेलाई जीवन यात्राका क्रममा अनेक संकट आउँछन् । जंगलमा घुमिरहेका बेला एक जना व्यक्ति सर्प भएको पोखरीमा खसे, जहाँबाट एक्लै बाहिर निस्किन सकिने अवस्था थिएन ।

सीएनएनमा प्रकाशित रिपोर्टअनुसार जंगल सफारीमा रहेका अनिल प्रभाकरले पोखरीमा खसेका व्यक्तिको अर्कै जनावरले उद्धार गरिरहेको तस्वीर खिचेका छन् ।जंगलमा गएर वार्डन सर्प निकाल्न खोज्दै थिए, त्यतिबेला उनी पोखरीमा खसे । त्यति नै बेला त्यहाँ एक आरंगुटान आयो र वार्डनलाई त्यहाँबाट निकाल्यो ।

आरंगुटानले वार्डनको उद्धार गरिरहेको तस्वीर खिचेका प्रभाकरले त्यहाँ धेरै हिलो र घाँस रहेको बताए । पोखरीमा खसेका बेला सर्पले वार्डनलाई काट्न सक्ने भएपनि तत्कालै आरंगुटान आएर उद्धार गरेको थियो ।

हरेक धर्ममा आ-आफ्नै संस्कार र रीतिरिवाज हुन्छन्। हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन्। हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घन्टी बजाइन्छ। घन्टीको आवाज त प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ।

देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन। तर धेरै मानिसलाई घन्टी किन बजाइन्छ भन्ने कुराको कारण थाहा नहुन सक्छ यसको वैज्ञानिक र आध्यात्मिक कारण यस्तो छ।

धार्मिक कारण :
मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ। मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ। तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन्। घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ। घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ।

वैज्ञानिक कारण:

मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ। मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन्। घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ। हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन्।

मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घन्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ।

साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ। प्राय : घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ। प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ। जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ।

प्रतिक्रिया


Last Updated on: September 25th, 2021 at 12:41 pm
२२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया