मंगलबार ०३ जेठ २०७९

नेपालमा टिकटक एकदमै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न सहयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् ।

टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ ।अझ कलाकारिता मन पराउनेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक ।

अहिलेका युवा पुस्तामा टिकटकको क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाजहरुमा नक्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको लतमा परेका छन् ।

हामीले आज यही एपले गर्दा घटेको एक रोचक कुरा गर्न गइरहेका छौ । यो घटना हो भारतको । अहिले त भारतमा टिकटक बन्द भै सकेको छ ।चाइनासँग विवाद पछि चाइनिज एप भन्दै भारतले टिकटक बन्द गरेको हो ।

तर बन्द हुनु अघि भारतको तेलंगाना खम्मम नगर निगमले आफ्ना ११ जनाकर्मचारीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब कटौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागिरबाट निकाल्लेसम्मको कारवाही गरेको छ ।

करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्मचारीको तलब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् ।

जुम्ला– हिन्दू नेपालीको महान चार्ड दशैँ नजिकिँदै गएपछि बजारमा हुने कालोबजारी रोक्न बजार अनुगमन थालिएको छ ।

कालोबजारलाई रोगथाम गर्न तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुन नदिन जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका खाद्यान्न तथा अन्य पसलमा स्थानीय प्रतिनिधिले अनुगमन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्ला, खाद्य प्रविधिक तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग तथा उपभोक्त हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ जुम्लाका कर्मचारी अनुगमनमा खटिएका हुन् ।

सो निकायलगायत सुरक्षा निकाय र जिल्लास्थित पत्रकारहरुको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो । रासस

 

 


Last Updated on: September 25th, 2021 at 12:59 pm
४६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया