बुधबार १० कार्तिक २०७८

ताप्लेजुङमा एक दुःखद घ,ट,ना भएको छ। घरबाट दूध पु¥याउन हिँडेकी एक १८ वर्षीया युवती मृ,त अवस्थामा भेटिएकी छिन्।

फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबार बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान त्यस्तो अवस्थामा भेटिएकी हुन्। उनी भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ।

दूध पु¥याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भीरमा ल’डे’को देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवका अनुसार उनको श,व फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरको फेदमा थियो।

प्रहरीका अनुसार लिम्बु अग्लो पहरो भएको ठाउँबाट तल झरेको जस्तो देखिएको छ। उनको ज्याकेट पहरोमा अड्किएको र घ,ट,नास्थलमा मेटासिको बोतल भेटिएको छ।

मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो। झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ। शरीरभरि चो’ट’प’टक रहेको छ। अब पो’स्ट’मार्टम रिपोर्ट आएपछि घटनाबारे थप केही भन्न सकिने बताइएको छ।

प्रतिक्रिया

वरिष्ठ वामपन्थी नेता एवम् पूर्वअर्थमन्त्री स्व.भरतमोहन अधिकारीकी पुत्री लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन् । लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट राजनीति गर्ने भएकी हुन् । नेकपा एसले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघकै अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय थिइन् । उनी नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन् । अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमाहेन अधिकारी) र बुबाले राजनीतिमार्फत गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन् ।

‘मनमोहन प्रधानमन्त्री र भरतमोहन अर्थमन्त्री रहेको एमालेको नौ महिने सरकारले ल्याएका सामाजिक सुरक्षा, आफ्नो गाउँ आफैं बनाऔं, महिलाका नाममा घरजग्गाको स्वामित्व जस्ता एजेन्डाले नेपाली समाजलाई आजको स्थानमा ल्याउन धेरै ठूलो भूमिका निर्वाह गरेको छ’ अधिकारीले भनिन्, ‘तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले राजनीतिमा हामीजस्ता युवाहरुको आवश्यकता छ भन्ने बुझेर सक्रिय राजनीति गर्ने सोच बनाएकी हुँ ।’ राजनीतिमा थुप्रिएको फोहोर सफा गर्न ‘मुलुकबाट लिने नभई दिने’ उद्देश्यसहित आफू राजनीतिमा सक्रिय हुने उनको भनाइ छ ।

लीमा भरतमोहनका तीनमध्ये माहिली छोरी हुन् । स्थापित व्यापारिक घरानाभित्र वैवाहिक सम्बन्धमा रहेकी लीमाको परिवार बैंकिङ, हाइड्रोपावर, सफ्टेवयर तथा इन्टरनेटसम्बन्धी व्यवसायमा संलग्न छ । उनका श्रीमान सुदीप आचार्य कामना सेवा विकास बैंकका अध्यक्ष तथा टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक छन् ।


Last Updated on: September 25th, 2021 at 1:25 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया