शनिबार १५ माघ २०७८

काठमाडौं । नारायणगढ तथा भरतपुर क्षेत्र आसपासमा चोरी गरी लुकिछिपी बस्दै आएकी जिल्ला धादिङ त्रिपुरासन्दरी गा.पा.वडा न.५ बस्ने बर्ष २४ की पुष्पा सिटौलालाई प्रहरीले प,क्रा,उ गरेको छ ।

जिल्ला चितवन भरतपुर म।न।पा। वडा न। ११ कोठा भाडामा बस्दै आएकी सावित्री दवाडीको घर कोठामा मानिस कोही नभएको मौका छोपी बिभिन्न सुनका गरगहना र नगद समेत चोरी गरी हिडिरहेको अबस्थामा प्हरीले सिटौलालाई प,क्रा,उ गरेको हो ।

चोरी गरेका गहना,नगद र चाल्चा फुटाउन प्रयोग हुने रड सहित निजलाई ,गरी चोरी तथा डाँका मुद्धामा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यस्तै, तारकेश्वर नगरपालिका ९ मनमैजु शुभकामना चोक बस्ने महेश सिलवालको घरबाट करिब ८ लाख ९० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना बिहीबार साँझ चोरी भएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित ब्यक्ति प्रबेश गरी दराजमा रहेको सुनको बिभिन्न गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्‍वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरको अभियोगमा भारत दार्जिङ सिलगुढी पानीघट्ट बजार घर भएका ३३ वर्षीय सन्दिप क्षेत्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उनले फेसबुकमा आफूलाई यूके नागरिक हुँ भन्दै न्यानसी माइकलको नामबाट महिला प्रयोगकर्ताहरुलाई फ्रेन्ड रिकोएस्ट पठाई प्रेम समेत गर्ने बताएर बिभिन्न प्रकारका उपहारहरु पार्सल पठाएको भनी बताएको र बिभिन्न कागजात सहित पार्सल ट्रयाकिङ गर्ने नम्बर समेत उपलब्ध गराई पीडितलाई बिश्वासमा पारी उक्त नगद ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनलाई झापाबाट पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा संन्दिप प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको बिभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई आफूले ठगी गरेको रकम निज महिलाहरुको खातामा जम्मा गरी महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको छ ।

 

 

 


Last Updated on: September 25th, 2021 at 4:25 pm
१६० पटक हेरिएको

तपाईको प्रतिक्रिया