आइतबार ३१ आश्विन २०७८

झापा, ९ असोज-झापाको दमकमा एडभान्स अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ ।झापा कमल गाउँपालिका-१ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो ।

भएको के हो ?

परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए । निमोनिया पनि थियो । दमकको एडभान्स अस्पताल लगियो । डाक्टर अनिल थापाले विरामी हेरे । कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन् । अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए ।

अन्य अस्पतालमा रिफर पनि गरिएन । तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुइटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे । तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ ।

‘तीन मिनेटमै दुइटा सुई लगाएपछि बालकलाई गाह्रो भयो । हामी बाबु बोकेर फेरि अस्पताल गयौं । अस्पताल आएको केही समयमा बाबुको मृत्यु भयो । डाक्टरले लापरवाही गर्‍यो । हिजै हाम्रो बच्चा राखिदिएको भए मर्दैनथ्यो,’ मृतकका आफन्त सरोज खड्काले भने ।

चिकित्सकको लापरवाहीले बच्चा मरेको भनेर पीडित परिवारले शव पनि उठाउन मानेका छैनन् । हिजोदेखि शव अस्पतालमै छ । खड्काका अनुसार विहान अस्पताल प्रशासनले उनीहरुसँग छलफल गरेको थियो । तर प्रशासनले आफूहरुको कुरा नसुनेको र स्वास्थ्यकर्मीको मात्रै सुनेको खड्काको गुनासो छ । आफूहरुको कुरा नसुनेको भन्दै पीडित परिवारले अस्पतालमा तोडफोड गरेको हो ।

ब्राजिलको राष्ट्रपति जैर बोल्सोनारोका छोरालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। सांसदसमेत रहेका एडुर्डो बोल्सोनारोले आफु सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका हुन्।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कगएको टोलीमध्ये उनी तेस्रो सङ्क्रमित हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् ३७ बर्षिय बोल्सोनारोले आफुलाई कुनै गाह्रो महसुस नभएको र अवस्था सामान्य नै रहेको जानकारी दिनुभएको छ। उनले आफैँले आफैंलाई हेरविचार गरिरहेको पनि बताएका छन्।

यसअघि ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वेरोगालाई पनि गत मंगलबार सङ्क्रमण पुष्टि भएको थियो। न्युयोर्कमै रहेका बेला उनलाई सङ्क्रमण पुष्टि भएकाले उनी अहिले न्युयोर्कस्थीत एक होटलमा एकान्तवासमा छन्।

त्यसबाहेक अर्का एक जना कुटनीतिज्ञ पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीले जानकारी दिएका छन्।

अहिलेसम्म राष्ट्रपति बोल्सोनारो भने कोरोनाबाट जोगिन सफल भएको जनाइएको छ। मास्क र खोपको विरोधीसमेत रहेका बोल्सोनारोले महासभामा सहभागी भएका बेला पनि मास्क प्रयोग गरेका थिएनन् भने खोप पनि लगाएका थिएनन्। रासस

यो पनिः ट्रम्पजस्तै उटपट्याङ ब्राजिलका राष्ट्रपति, मास्क लगाउन मान्दैनन्-खोप लगाएका छैनन्


Last Updated on: September 25th, 2021 at 4:41 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया