बुधबार १० कार्तिक २०७८

म्युकर माइकोसिस (कालोढुसी) संक्रमण भएका दुई जनाको त्रिवि शिक्षण अस्पतालमा आँखा नि,का,ले,र उपचार गरिएको छ। उपचार गरिएका जनकपुरका ५० वर्षीया महिला र नेपालगन्जका ५८ वर्षीय पुरुष हुन्।उनीहरूको नेत्र विशेषज्ञसहित चिकित्सक टोलीले एक साताअघि आँखा निकालेको अस्पतालले जनाएको छ। एक महिनाअघि कालोढुसीकै कारण दृष्टि गुमाएका ३१ वर्षीय युवकको वीर अस्पतालमा शल्यक्रिया गरी आँखा निकालिएको थियो।पाँच दिनअघि एक युवकको एउटा आँखा निकालेर टिचिङमा थप उपचारका लागि रेफर गरिएको थियो। युवकसहित नेपालमा चार जनाले कालोढुसीका कारण एउटा आँखाको दृष्टि गुमाइसकेका छन्।

शल्यक्रियापछि उनीहरूको स्थितिमा सुधार हुँदै गइरहेको अस्पतालका नाक–कान तथा घाँटी सर्जन डा. रविन्द्र भक्त प्राधानाङ्गले बताए। म्युकर माइक्रोसिस हातले छुँदा या वातावरणबाट सिधैं नाक या मुख हुँदै आँखा तथा मस्तिष्कमा र शरीरका अन्य भागमा फैलिने गर्छ। त्यही क्रममा आँखामा ढुसी पुगेर संक्रमण फैलिएपछि आँखाको दृष्टि नष्ट हुन्छ। ढुसीले आँखाको मुख्य नशा नष्ट गर्छ। सुरुमै उपचार पुगेमा आँखा नष्ट हुन पाउँदैन।

दुईजना उपचारपछि नै घर फिर्ता गएको अस्पतालले जनाएको छ। उनीहरू दुवैको म्युकर माइकोसिस मस्तिष्क तथा शरीरमा फैलिसकेको थियो। थप उपचार गर्न सम्भव नभएपछि आफन्तले घर फिर्ता लगेका थिए। उनीहरू दुवैको मृ’,x त्यु भइसकेको हुनसक्ने डा. प्राधानाङ्गले बताए। म्युकर माइकोसिस संक्रमण भएर स्टार अस्पताल भर्ना भएका एक बिरामीको एक महिनाअघि नै मृ’x त्यु भएको तिलगंगा अस्पतालका वरिष्ठ अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले बताए।

अस्पतालमा एक जनाको आँखाको दृष्टि गुमेपछि शल्यक्रिया गरी तीन साताअघि टिचिङ रेफर गरेको डा. सैजुले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ जनामा यो संक्रमण पुष्टि भएको छ। नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता यसका लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्।

 


Last Updated on: September 25th, 2021 at 5:03 pm
१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया