बुधबार १० कार्तिक २०७८

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा बसोबास गर्नेहरुले दर्ता नगरी कुकुर पाल्न नपाउने नियम बनाइएको छ । जथाभावी छाडा छोडिएका कुकुरका वातावरणमा ग’म्भीर असर परेपछि महानगरले कुकुर पालन गर्दा अब दर्ता प्रक्रिया सुरु गरेको हो । दर्ता गरेर कुकुर पालन गर्ने प्रणाली पोखरा महानगरले पहिलोपटक सुरु गरेको हो ।

शुक्रबार पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ। महानगरले अब छाडा कुकुर छाड्नेलाई ५ देखि १५ हजारसम्म जरिवाना तिराउने पनि जनाएको छ। दर्ता प्रक्रिया अघि बढाएर कुकुर पालन गर्दा वातावरण स्वच्छ हुने र रेबिज विरु’द्धको खोप कार्यक्रममा पनि सहयोग पुग्ने महानगरले जनाएको छ ।

महानगरले कुकुर दर्ता प्रक्रिया अघि बढाएसँगै अब छाडा छाडिने कुकुर पाल्ने मालिकको पहिचान गर्न र कारवाही गर्न सजिलो भएको छ । पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीका अनुसार बिहीबार र शुक्रबार महानगरभित्र १ सय ४० कुकुरको दर्ता भएको छ । वडा नम्बर ८ मा मात्रै ७८ पशुधनीले कुकुर दर्ता गरेका छन् । बिहीबार सुरु भएदेखि निरन्तर दर्ता प्रक्रिया चल्ने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस

सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् ।

भाइरल ज्वरोका बिरामीमा सङ्क्रमणको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको अस्पतालका प्रमुख डा सुनिल पौड्यालले बताउनुभयो । उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भारइल ज्वरोका बिरामी भेटिने गरेको उहाँले जानकारी दिनुभयो । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिन्छ । उहाँले भन्नुभयो, “हाँछ्यु आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने सबै लक्षण उस्तै हुन्छ तर मानिसमा सास फेर्न भने गाह्रो हुँदैन ।”

भाइरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ । ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्याल बताउनुहुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिन कम्तीमा पाँचदेखि सात दिन लाग्न सक्छ तर भाइरल ज्वरो दुई दिनदेखि पाँच दिनभित्रमा लक्षण देखिने र सरुवा रोग भए पनि छिटो निको हुने उहाँले बताउनुभयो ।

दमौली अस्पतालमा सुरुसुरुका दिन ४० देखि ५० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखापर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना कोभिड–१९ का बिरामीको उपचार गरिँदै आएको सो अस्पतालले जनाएको छ ।

फेरी बढ्न थाले अस्पतालमा भाइरल ज्वरोका बिरामीमेयरले गरेको भ्रष्टाचारबारे कर्मचारीले पत्रकारलाई सूचना दिए, मेयरले गरे कर्मचारीको कार्यालयमै धु’लाईसामाजिक सञ्जालमा


Last Updated on: September 25th, 2021 at 4:54 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया