आइतबार १९ मंसिर २०७८

ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा शङ्कास्पद अवस्थामा किशोरीको श,xव फेला परेको छ । शुक्रबार बिहान ८ बजे जङ्गल छेउमा १७ वर्षीया पुष्पा लिम्बूको श,xव फेला परेको हो ।

जङ्गल छेउमा शङ्कास्पद अवस्थामा मृ,xत भेटिएपनि प्रहरीले प्रभावकारी अनुसन्धानमा चासो नदेखाएको आफन्तको गुनासो गरेका छन् । अनुसन्धान प्रभावकारी नभएको भन्दै आफन्तले श,xव बुझ्न अस्वीकार गरेका छन् ।

श,xवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रूपमा लिएको आफन्त अमृत लिङदेनले बताए । उनका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।

१२ बजेपछि ह,रा,ए,की उनको श,xव भोलिपल्ट विहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जङ्गल छेउमा शङ्कास्पद अवस्थामा श,xव भेटिएको उनले बताए । घटना शङ्कास्पद भएपनि प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको उनले बताए ।

स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरीको मोबाइल फोन पनि ह,रा,ए,को छ । उनीसँग फुङलिङकै कार्की थरका ट्याक्टर चालकसँग चिनजान थियो । बिहीबार राति पनि कार्कीसँगै फेसकुबमा बेलेकी उनी करिब १२ बजेपछि घरबाट ह,रा,ए,की थिइन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी बालनरसिंह राणा प्रहरीले घटनाको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताउँछन् । पोस्टमार्टम हुन बाँकी रहेको बताउँदै उनले पोस्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।

 


Last Updated on: September 25th, 2021 at 7:27 pm
७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया