शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ । पुर्वकी प्रिन्जुले आफुलाई पंकजले ३ पटक विवाह गरेको बताएका छन् । उनले पंकजसंग ३ पटक सिन्दुर पोते गरेको दावी गरेकी छन् । झापा बुधवारे निवासी प्रिन्जु भट्टराईलाई श्रीमती बनाएर विचल्ली पारेको भन्ने समाचार वाहिरिएको हो । प्रहरीवाट रिहा भएपछि पंकजले प्रिन्जुलाई पनि छोडेका छन् । उनलाई एक वर्ष सम्म श्रीमतीका रुपमा सबै अधिकार दिएर पंकजले सुनसरीमा राखेको बताएकी छन् ।

सुनसरीको धरानवाट उनीहरु चोरी घटनामा पक्राउ परेका थिए । तर यता पंकजका परिवारले भने प्रिन्जुलाई बुहारी स्वीकार नगर्ने बताएका छन् । उनीहरुले प्रिन्जुको पहिले नै विवाह भइसकेको र ३ वटा सन्तान समेत रहेको पंकजका बुवाआमाको भनाइ छ । पंकजका बुवाआमाले कोठामा भएका सबै सामान लिएर गएको प्रिन्जुको भनाई छ । म परिवार छोड्न सक्छु तर तँलाई छोड्न सक्दिन भनेर पंकजले भनेको प्रिन्जुको भनाई छ ।

परिवारलाई प्रिन्जुसंग आफ्नो छोरा बस्छन् भन्ने थाहा भएको उनको भनाई छ । पंकजको बुवाले प्रिन्जु आफ्नो काकी नाता पर्ने समेत बताएका छन् । आफ्नो बहिनीको लागि भन्दै पंकजको हात माग्न गएकी प्रिन्जुलाई हामीले कसरी बुहारी मान्ने पंकजका बुवाआमाको भनाई छ ।


Last Updated on: August 6th, 2021 at 7:13 pm
३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया