
लुम्बिनी — रूपन्देहीको तिलोत्तमा– ५ स्थित घरको कोठामा झु,न्डि,एको अवस्थामा भेटिएकी सीता भण्डारी पौडेलको श,व २२ दिनसम्म पनि उठ्न सकेको छैन। भदौ २० को बिहान मृ,त भेटिएकी २७ वर्षीया पौडेलको ह,त्या भएको भन्दै माइतीपक्षले शव उठाउन दिएका छैनन्।
न्याय नपाउन्जेल अन्त्येष्टि नगर्ने उनीहरूको अडानका कारण २२ दिनदेखि शव लुम्बिनी प्रादेशिक अस्पतालमा छ। घ,ट,ना,को निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन्।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग आफन्त र अधिकारकर्मीको छ। उता प्रहरीले पौडेलले आ,त्म,ह, त्या नै गरेको जनाएको छ। पोस्टमार्टम रिपोर्टबाट आ,त्मह,,त्या प्रमाणित भएको प्रहरीले दाबी गरेको छ। तर आफन्तलाई प्रहरीको भनाइमा विश्वास छैन।
सीताको दुई वर्षअघि तिलोत्तमा–५ का टीका पौडेलसँग विवाह भएको थियो। विवाहपछि उनीहरूले पाल्पाको तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्दै आएका थिए।
तीजका लागि भदौ ६ मा माइत आएकी सीतालाई जेठाजुका छोराको जन्मदिन परेको भनी घरमा बोलाइएको थियो। भदौ १९ को दिउँसो उपहारसमेत किनेर सीता घर पुगेकी थिइन्। त्यसको भोलिपल्ट बिहान उनी आफ्नो कोठामा मृ,त भेटिएकी थिइन्।
माइती पक्षले परिवारका सदस्यकै कारण छोरीको मृ,त्यु भएको भन्दै उजुरी दिएको छ। इलाका प्रहरी कार्यालय बुटवलले सीताका श्रीमान् टीका, आमाजू विष्णु र जेठाजु हरिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घ,ट,ना,को अनुसन्धानमा सीआईबीको टोली पनि खटिएको छ।
मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख हुनुहुन्थ्यो । शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किनुभएको उहाँले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गर्नुभयो । उहाँको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन ।शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उहाँले निरास हुँदै भन्नुभयो, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।” उहाँ मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीवासी चिन्तित छन् ।
उहाँकै छिमेकी रमेश भुजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ बिघा जमिनको धान एकै रातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जङ्गली हात्तीले बस्ती पसेर दैनिकजसो उपद्रो मच्चाउन थालेका छन् ।हात्ती छेक्न विसं २०७२ मा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारवारका कारण आठ वर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीवासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयवासी शङ्कर लुइँटेलले बताउनुभयो । “ज्यान जोगाउनै मुस्किल छ”, उहाँले भन्नुभयो, “ खै कसरी पाक्न लागेको अन्नबाली जोगाउनु अब ।”
विद्युतीय तारबारको उचित मर्मतसम्भार नुहँदा दैनिकजसो भारतीय जङ्गली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन् । प्रवेश गर्ने हात्तीले मेचीनगर–१, २, ३ र ४ मा बढी दुःख दिइरहेको उहाँको भनाइ छ । जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ । अन्नबालीमा खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ । रकम पाउनका लागि लामो समय कुर्नुपर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्तीपीडितले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताउनुभयो ।
यो पनि – बेलायतमा भिसी थापाको सालिक अनावरण
लण्डन, १० असोज (रासस) : बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गर्नुभएको थियो । समारोहमा दिवङ्गत सेनाका सम्झनामा मौनधारण गरिएको थियो ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो । सालिक बनाउन एक लाख ७० हजार पाउण्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारीदिनुभयो ।