आइतबार ३१ आश्विन २०७८

अर्घाखाँची – शैन्य आधार तालीम गरिरहेका एक नेपाली सेनाका जवानको मृ’त्यु भएको छ।मृ’त्यु हुनेमा अर्घाखाँचीको शितगंगा–३ निवासी १९ वर्षीय अर्जुन सारू रहेका छन् ।नेपाली सेनाको श्री न. २ तालीम गण सैनामैनामा शैन्य आधार तालिम गरिरहेका सारु अचानक अ चेत भए लगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा लगिएको थियो ।उपचारकै क्रममा उनको नि’धन भएको बताइएको छ । लाउँ लाउँ खाउ खाउ भन्ने उमेर मै संसार छोडेर गए।

काठमाडौ । नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपालका मोरङ अध्यक्ष परशुराम बस्नेतकी कान्छी श्रीमतीलाई युथ फोर्सका संस्थापक अध्यक्ष तथा एमाले नेता महेश बस्नेतका भाइले सिन्दुर लगाइ दिएका छन् । बिहीबार साँझ महेशले सामाजिक सञ्जालमा भाइ र बुहारीको फोटो पोष्ट गरेर बधाइसमेत दिएका थिए ।

तर,८ सय १८ कमेण्ट र ३ सेयर भएपछि उनले सामाजिक सञ्जालबाट उक्त पोष्ट हटाइदिए । महेशले पोष्ट हटाएपछि सबैले थप आशंका गरेका हुन् । परशुरामकी कान्छीलाई महेशको १३ दिने दाजुभाइमध्येका एउटा भाइले कान्छी बनाएर घर भित्र्याएका हुन् ।

उनीहरु लामो समयदेखि लिभिङ टुगेदरमा रहेको युथफोर्स स्रोतले बताएको छ । कान्छी ल्याएपछि परशुरामले जेठीलाई हेलाँ गरेका थिए । अहिले कान्छीले छाडेपछि त्यही हेलाँ गरेकी जेठीसँगै बस्न थालेका छन् ।

यता महेश बस्नेत खलकका एक भाइले पनि उनलाई कान्छी श्रीमती बनाएपछि भक्तपुरकी जेठीको हालत पनि पातलो बनेको आफन्तहरु बताउँछन् । आफ्नी कान्छी श्रीमती पछिल्लो तीन वर्षदेखि भक्तपुरका बस्नेतसँग लिभिङ टुगेदरमा बसेपछि परशुरामले पार्टीमा उजुरी हालेको चर्चा थियो । महेश र परशुरामबीचको कटुता र तिक्ततापूर्ण सम्बन्धलाई कतिपयले तिनै कान्छीको विषयसँग जोड्ने गरेका थिए ।

 


Last Updated on: September 26th, 2021 at 12:43 pm
४९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया