
काठमाडौँ | केहि समय अगाडी बाटनै धर्ति माता उर्फ बिष्णु कुँवरको नाम मिडिया र सामाजिक संजालमा यत्रतत्र सर्बत्र रुपमा फैलिदै आएको र सबैले चिनेको देख्न सकिन्छ | भर्खरै धर्ति माताको भद्रकालीमा १२ दिने तपस्या पनि सकिएको छ र अब अहिले माता बनबास र कैलाश तिरको २१ दिने तपस्या गएको कुरा खुल्न आएको छ |
मोबाइल र सामाजिक संजाल, भक्तहरु बाट टाढा कसैलाई थाहा नदि धर्ति मा अहिले एकाएक गायब अनि बहेकी छिन केहि समय भद्रकालीमा देखिएकी माता अहिले अर्को तपस्या को लागि अन्त कतै ठाउ खोज्दै गएको कुरानी खुल्न आएको छ |
माताले सदा जस्तै धेरै युवतीहरुलाइ आशिर्वाद पनि दीइन भने कोहि कोहि त यसरि कालीको अवतारमा पनि उत्रिएका थिए | सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी
लण्डन । सेल्वा हुसेन सधैं उनको पछाडि ६ किलोको झोला बोकेर हिँडिरहेकी हुन्छिन् । सुन्दापनि पत्याउन मुस्किल छ ।त्यो झोलामा उनको आफ्नै मुटु छ । त्यही मुटुबाट उनको शरीर चलिरहेको छ । बेलायतकी सेल्वाले सन् २०१७ मा जीवन बचाउने मुटुको शल्यक्रिया गरेकी थिइन् ।
भित्र राखिएको मुटुले हरेक समय एकनास काम नगर्ने देखिएपछि आपतकालिन सर्पोटका लागि उनले आफ्नो प्राण राख्ने अर्को मुटु झोलामा बोकेर हिँड्न थालेकी हुन् ।ब्याकप्याक ब्याट्री, एक बिजुली मोटर र एक पम्प सहित कृत्रिम मुटुको तौल ६ केजी पुगेको हो ।यहाँ ट्यूबहरुको माध्यमबाट हावा उनको छातीमा प्लास्टिकको पाईप हुँदै पुग्छ । त्यसैले उनको शरीरमा रगत प्रवाह गरिरहेको हुन्छ ।
सेल्वा पहिलो ब्रिटेनकी महिला हुन् जसलाई पूर्ण कृत्रिम मुटुको सहायतामा अस्पतालबाट डिस्चार्ज गरियो।उनको असामान्य कहानी जून २०१७ मा शुरू भयो । जब उनी अन्तिम सास फेर्दै थिइन्। उनलाई स्थानीय अस्पताल भर्ना गरिएको थियो त्यही बेला डाक्टरहरुले उनी मुटुको पूर्ण विफलताको शिकार बनिसकेको पत्ता लगायो ।
उनलाई चार दिनपछि हेयरफिल्ड अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकहरुले उनको जीवन बचाउन संघर्ष गरेका थिए ।शल्यचिकित्सकले उनको रोगग्रस्त प्राकृतिक मुटु हटाए र यसमा एक कृत्रिम प्रत्यारोपण गरे । उनी अर्को ब्याकप्याकमा स्ट्यान्डबाई राख्न बाहिर अर्को मुटुपनि राख्ने योजना चिकित्सकले गरे ।यो दुनियाँकै लागि नौलो प्रयास थियो । उनी अहिले दोस्रो मुटु झोलामा बोक्छिन् । पहिले राखेको मुटु बेला बेला असफल हुन्छ । असफल भए झोलामा बोकेकोले काम गर्न सुरु गर्छ ।