बुधबार १० कार्तिक २०७८

यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका अनुसार यो वर्ष आठ क्विन्टल बढी यार्सागुम्बाको निकासी अनुमति दिनेछ ।

यार्सागुम्बा निकासीवापत अपि नाम्पा संरक्षण क्षेत्रले प्रतिकिलो रु ३० हजार दरले राजस्व उठाउने गरेको छ । अहिलेसम्म कार्यालयले यार्सागुम्बा निकासीवापत रु ८३ लाख ७० हजार राजस्व सङ्कलन गरेको उहाँले बताउनुभयो ।व्यापारीको यो वर्ष खरिद गरिएको यार्सागुम्बा अझै बिक्री हुन बाँकी छ । गत असारदेखि खरिद गरिएको यार्सागुम्बा व्यापारीले निकासी गरेका छैनन् । “यार्सागुम्बा खरिद महँगोमा गरिएको छ तर अहिले मूल्य घटेका कारण पनि यार्सागुम्बा बिक्रीका लागि काठमाडाँै लगेका छैनौँ”, व्यापारी धनसिंह जागरीले भन्नुभयो, “अहिले जिल्लामै स्थानीयवासीबाट सङ्कलनको काम भइरहेको छ ।”

अहिले यार्सागुम्बाको गुणस्तर अनुसार प्रतिकिलो रु नौ लाखदेखि २० लाख मूल्य पुगेको छ । व्यापारीले यार्सागुम्बा ग्रेडका आधारमा बिक्री गर्ने गर्छन् । यार्सागुम्बाको राम्रो मूल्यको प्रतिक्षामा व्यापारीले यार्सागुम्बा काठमाडाँै लगेका छैनन् । व्यापारीले अहिले दार्चुला र भारतको धारचुलालगायत क्षेत्रमा यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । यार्सागुम्बा खरिदका लागि विभिन्न क्षेत्रबाट व्यापारी सदरमुकाम खलङ्गामा महिनाँैदिनदेखि बसेका छन् । भारतबाट व्यापारीले लुकाइछिपाइ नेपाल यार्सागुम्बा भित्र्याउने गर्छन् । नेपालमा मात्रै उत्पादन कम हुने गरेका कारण व्यापारीले भारतबाट नेपाल यार्सागुम्बा भित्र्याउने गरेको व्यापारी बताउँछन् ।

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।

स्थानीय तहको निर्वाचनपछि कृषि विकास कार्यालय खारेजीमा पर्दा लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन कृषि ज्ञान केन्द्रले अभियान थालेको छ । किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो । विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ”, भट्टराइले भन्नुभयो, “किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका छौँ ।” बागलुङमा २०७२ सालपछि नयाँ प्रजातिको धानको बिउ वितरण भएको थिएन । चालू वर्ष भने किसानलाई कृषि अनुसन्धान केन्द्र लुम्लेमा उत्पादित बिउ ल्याएर वितरण गरिएको उहाँले बताउनुभयो ।

लगातार धेरै वर्षसम्म एउटै बिउ प्रयोग गर्दा धानको पराल छोटो हुने, उत्पादन घट्ने लगायतको समस्या हुने गरेको भट्टराईको भनाइ छ । बागलुङमा राधा ७ र राधा ९, पोखरेली तथा जेठो बुढो धान बढी लगाइने गरिएको छ । बेँसी क्षेत्रमा राधा ४ र सावित्री धान पनि लगाइने गरिएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार बागलुङमा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ । यसअघिको तुलनामा चालू वर्ष अझै बढ्ने उहाँले बताउनुभयो । वर्षात्ले धानका लागि समय अनुकूल भएको हो ।

त्यस्तै किसानको आफ्नै पहलमा उत्पादन भइरहेको मूलाको बिउलाई अझै बढाउने र बजारीकरणमा पनि कार्यालयले काम थालेको छ । जैमिनी नगरपालिकामा मूलाको बिउ उत्पादन हुन्छ । चालू वर्ष आलुखेतीसमेत बढाउन पहल भएको सूचना अधिकारी कुमार पुनले बताउनुभयो ।बागलुङको ताराखोलामा उत्पादन बढे पनि मौसमी समस्याले आलु कुहिएको थियो । कार्यालयले ड्याङ बनाएर मात्रै आलु उत्पादन गर्न सुझाव पनि दिएको छ । साथै एक वर्षमा बागलुङमा २१० मेट्रिकटन आलु फलेको छ । त्यसका लािग तीन हजार केजी आलु लगाइएको थियो ।

कृषि ज्ञान केन्द्र बागलुङको आलु प्रवद्र्धनात्मक कार्यक्रममार्फत उक्त उपलब्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धिको दाबी गरेको छ । गत वर्ष सञ्चालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९ दशमलव ४७ प्रतिशत उपलब्धि गरेको कार्यालयको तथ्याङ्क छ ।

 

 


Last Updated on: September 26th, 2021 at 1:53 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया