बुधबार १० कार्तिक २०७८

सप्तरी– पोखरीमा डुबेर सप्तरीमा पाँच दिनको अवधिमा छ जनाको मृ,त्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृ,त्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृ,त्यु भयो ।

घर पछाडि रहेको पोखरीमा डु,बी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृ,त्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । श,व परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज श,व परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डु,बे,र मृ,त्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।

महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबारसमेत भाँडा पखाल्न गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डु,बि,,अवस्थामा मृ,त फेला परिन् ।

सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डु,,मृ,त्यु भयो ।

योसमेत आव २०७८/०७९ मा जिल्लामा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृ,त्यु हुनेमा सात बालक, चार बालिका, दुई पुरुष र दुई महिला छन् ।

– काठामडौँको बुढानिलकण्ठ नगरपालिकाको वडा कार्यालयमा सोमबार एक शव फेला परेको छ । सो नगरपालिकाको वडा नम्बर ८ को गोल्फुटारस्थित वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको प्रहरी बृत्त महारगञ्जले जनाएको छ । श,वको पहिचान खुल्न सकेको छैन ।

श,व पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुन सक्ने महाराजगञ्ज प्रहरी बृत्तका एक अधिकृतले बताए । उनले घटनाबारे अहिले अनुसन्धान जारी रहेको बताए ।


Last Updated on: September 26th, 2021 at 2:07 pm
२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया