बुधबार १० कार्तिक २०७८

नवलपरासीको भुमइ बस्ने अस्मिता आचार्य सुनारले प्रकाश आचार्यसंग अन्तर जातिय विवाह गरेकी थिइन् ।अस्मिता र प्रकाशले प्रेम विवाह गरेका थिए ।सानैमा आमा गुमाएकी अस्मिता काठमाडौको होटलमा खाना पकाउने काम गर्थिन र त्यसै क्रममा उनीहरुको माया बसेर विवाह भएको थियो ।

जापान जान भनी जापनीज भाषा पढिरहेका प्रकाशले अस्मितासंगको जम्मा ४ महिनाको प्रेममा परेर विवाह गरेका थिए ।अस्मिताले आफ्नो जाता सानो भएको र घरपरिवारले पनि नस्विकार्ने हुँदा आफुसंग विवाह नगर्न प्रकाशलाई अनुरोध गरेकी थिइन् ।

तर प्रकाशले निकै जिद्दी गरेको र विवाह नगरे आफू म र्ने भन्दै भावनात्मक दवाव दिएको उनले बताइन् ।तर विवाह गरिसकेपछि अहिले प्रकाश सम्पर्क बिहिन छन् ।उनले विवाह गरेपछि कहिलेपनी अस्मितालाई राम्रोसंग फोन गरेनन् ।

एकपटक प्रकाशले आफू विदेश आएको भनेर अस्मितालाई फोन गरेको र त्यसपछि फेरि सम्पर्क विहिन भएको उनले बताइन् ।अहिले अस्मिता आफ्नो सानो छोरोलाई बुबाको नाम खोज्दै भौतारी रहेकी छिन् ।


Last Updated on: September 26th, 2021 at 2:22 pm
३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया