बुधबार १० कार्तिक २०७८

मान्छेको आफ्नो आफ्नो भोगाइ हुन्छ ।कुन मान्छेको जीवन कसरी चलीरहेको भन्ने कुरा हामीले आकलन गर्न सक्दैनौं ।काठमाडौं सहरमा हरेक किसिमका मान्छे बस्द छन् ।हरेकको आफ्नै भोगाई हुन्छ ।

त्यस्तै एउटा यस्तो परिवारको पि डा छ जहाँ एउटी अ पांग आमा २ जना छोराछोरीसंग एक्ली भएर बाचिरहेकी छिन् ।

मनमाया श्रेष्ठ नाम गरेकी उनी अहिले श्रीमानले आफुलाई छो डेर हिडेपछि एक्लै भएकी छिन् ।श्रीमानले मनमायाको मोबाईल र सारा पैसा लु टेर फ रार भएका हुन् ।मनमायाको एउटा हात र खुट्टा चल्दैन ।उनी आफै गरि खान सक्ने अवस्थामा छैनन् ।

मनमायाको शारीरिक अ पांगता सानै देखि नै थियो ।तर अहिले छोराछोरी जन्मिएपछि उनको यो अवस्था झन दयनीय बन्दै गएको छ ।उनको विवाह भएको लगभ८ वर्ष भएको छ र उनका श्रीमान अहिले फ रार भएका छन् उनलाई एक्लै छा डेर ।

यसरी अहिले मनमाया मन भरी ब्यथा बोकेर आफ्नो छोराछोरीको भविष्यको खोजी गर्दै एक्लै जीवन काटी रहेकी छिन् ।उनी आफू अ पांग नभएको भए गरि खाने थिए भन्दै हामीसंग रु दै गुहार माग्छिन ।

ताप्लेजुङको फुङलिङ नगरपालिकामा १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको शव गएको शुक्रबार फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फेला परेको थियो।

किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै थिइन् । युवती सदरमुकाम फुङलिङको बिहीबारेमा दिदीसँग बस्दै आएकी थिइन् । दूध पुर्‍याउन सदरमुकाम जाँदै गरेका स्थानीयले भीरमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लिम्बुको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका राम कार्की छन् ।
ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्की ट्रयाक्टर चालक हुन् । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाको विषयमा जानकारी दिएको छ ।

कार्कीले यस्तो गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ । राणाका अनुसार कार्की र युवतीबीच प्रेम सम्बन्ध थियो । कार्कीले युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवतीका आफन्तले कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले अदालतबाट म्याद थप गरी कार्कीलाई कारबाही प्रक्रिया अघि बढाएको छ । युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । आफन्तले शवको अझै पोस्टमार्टम गर्न मानेका छैनन्।

 


Last Updated on: September 27th, 2021 at 10:35 am
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया