बुधबार १० कार्तिक २०७८

पर्यटन प्रवर्द्धनका अनेक तरिका हुँदा रहेछन् । एउटा गाउँ गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् ।खबर हो चीनको ।

गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।

यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।रोचक कुरा त के भने यो गाउँमा सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे ।

केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।,

किशोरी डेरा बसेर सदरमुकाम फुङ्लिङकै भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै थिइन् । युवती सदरमुकाम फुङलिङको बिहीबारेमा दिदीसँग बस्दै आएकी थिइन् । दूध पुर्‍याउन सदरमुकाम जाँदै गरेका स्थानीयले भीरमा युवतीको श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

लिम्बुको ह,त्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका राम कार्की छन् ।
ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्की ट्रयाक्टर चालक हुन् । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घ,ट,नाको विषयमा जानकारी दिएको छ ।

कार्कीले यस्तो गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ । राणाका अनुसार कार्की र युवतीबीच प्रेम सम्बन्ध थियो । कार्कीले युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई वि,ष सेवन गराएर पहाडबाट ध,,बयान दिएका छन् । घ,ट,नाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युवतीका आफन्तले कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले अदालतबाट म्याद थप गरी कार्कीलाई कारबाही प्रक्रिया अघि बढाएको छ । युवतीको श,व जिल्ला अस्पतालमा राखिएको छ । आफन्तले श,वको अझै पो,स्ट,मा,र्ट,म गर्न मानेका छैनन्।

 


Last Updated on: September 27th, 2021 at 10:47 am
२९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया