बुधबार १० कार्तिक २०७८

केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।उनको हरियाणाको सिरसामा सडक दु,र्घ,ट,नामा मृ,त्यु भएको दाबी गरिएको थियो ।

उनको मृत्युको खबरले परिवार तथा आफन्त स्तब्ध भए । तर उनको यो मृत्यु साचो नभएर अफवाह मात्र थियो । उनी हालसम्म जि’उदै छिन् । पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले निधनको अफवाहले आफ्नो परिवारलाई धेरै चो’ट पुगेको बताएकी छिन् ।

उनले आफैले परिवारलाई आफु जिउदै भएको बताउदै सम्झाउन नै गाह्रो परेको बताइन् । उनले आफ्नो पेशामा अनेक तरहका अफबाहसँग जु’ध्न पर्ने उनको भनाई थियो । आफ्नो कारणले गर्दा परिवारमा पनि धेरै गाह्रो हुने उनले तर्क गरिन् । सपना हरियाणवी नृत्य र स्टेज शो को कारण चर्चित छिन् । उनले २०२० मा विवाह गरेकी हुन्, उनको एक छोरा पनि छ ।

 

दाङ जिल्लाको रामपुरका माधव परियार बैदेशीक रोजगारीको शिलसिलामा विभिन्न देशमा बिगत १७ वर्ष देखि बस्दै आएका छन । कहिले जापान, कहिले इराक, कहिले कता ।

उनले थुप्रै पैसा पनि कमाएको उनकी श्रीमती सकुन्तलाले बताइन । तर उनी अहिले बिगत ३ वर्षदेखि सम्पर्क बिहिन भए पछि ४ जना छोराछोरी सहित परिवारको बिचल्नी भएको भन्दै उनिहरु मिडियामा आएका छन ।

माधव कै भनाई अनुसार उनक्ज जेठी छोरी तिर्सना परियार होटल म्यानेजमेन्ट पढ्नका लागि चाइना गइन् । तर एक वर्ष मै उनी फर्किएर आइन । आफुलाई नर्स पढ्न मन हुदाहुदै बाबाले होटल म्यानेजमेन्ट पढ आफू पनि हङकङ आउने र सगैँ बसेर होटल खोल्ने भन्दै सपना देखाए पछि उनी चाइना गइन् ।

तर उनी गए पछि माधव भने सम्पर्क बिहिन भएको तिर्सनाले बताइन । आफुले त्यहा पढ्ने खर्च नपाएकोले अहिले फर्केर आउनु परेको उनको भनाई छ ।

त्यसो त माधव पहिले पनि यसरी सम्पर्क बिहिन हुने गरेको तिर्सनाको भनाई छ । तर लामो समय पछि पहिले पनि पुन सम्पर्कमा आएको तिर्सना बताउँछिन । ०७२ साल भन्दा अगाडि पनि लगभग ३ वर्ष सम्पर्कमा नआएको तिर्सनाले बताइन ।

तर भुकम्प पछि एक्कासि उनी सम्पर्कमा आए । किन यसरी हराउनु भएको भन्दा आफू ६ महिना अस्पतालमा भएको बताएको उनले सुनाईन । तर के भएको भन्ने कुरा नखुकाएको उनी बताउँछिन ।

त्यसको केही समय पछि माधव घर आए । उनी घर आउदा शरीरमा केही चोटको खत जस्तो देखिएको तिर्सनाले बताईन । तर त्यसको बारेमा बाबाले केही नबताएको उनले सुनाईन । घर आएपछी तिर्सनालाई चाइना पढ्न पठाउने माधवले बताए पछि घरमा सबैसगँ सल्लाह गरि आफू चाइना गएको उनले बताईन ।

माधवले चाइना जान भने पछि खर्च भने नदिएको उनको भनाई छ । आमा सकुन्तलाले रिन खोजी उनलाई पठाइन । त्यो रिन खोजेको पैसा पनि दुई लाख जति माधवले लगेको उनले सुनाईन ।

करिव ८ लाख खर्चमा उनी चाइना गइन् । त्यहा पुगेपछी अरु बस्ने पढ्ने खर्च पनि माधवले दिएनन । तिर्सनाकी हजुरआमाले आफ्नो खेत धितो राखी उनलाई खर्च पठाएको तिर्सना बताउँछिन । अहिले आफुहरु सानी तिनो काम गरेर जीवन चलाइरहेको उनको भनाई छ ।

केही राम्रो लाएर हिड्दा पनि गाउँघरमा पैसा कमाएर लाउदै खादै सक्छन रिन तिर्दैन भन्दै कुरा काट्ने गरेकोले आफुहरुले राम्रो लाएर हिड्न पनि नसक्ने भएको उनी बताउँछिन । साथै घरमा कोहि आउदा पनि शंकाले गाउँलेले हेर्ने गरेको उनको भनाई छ ।

अहिले माधव सम्पर्कमा नभएता पनि सकुशल रहेको आफुहरुले थाहा पाएको अर्कि छोरिले बताइन । गाउँकै छिमेकिले माधवलाई भेटेर घरको सबै कुरा भन्दा पनि वास्ता नगरेको, सम्पर्क नगरेकोले उहाँकै सल्लाह अनुसार आफुहरु मिडियामा आएको उनले बताइन ।

उनकी श्रीमती सकुन्तलाले भने यदि अर्को बिहे नै गरेको भएता पनि लिएर घर आए मिलेर बस्ने भन्दै माधवलाई घर आउन आग्रह गरिन । त्यस्तै माधवकी आमा, दाइ लगाएतले जे जस्तो भए पनि मिलेर सबै कुरा मिलाउदै जाने भन्दै उनलाइ सम्पर्कमा आउन अनुरोध गरेका छन


Last Updated on: September 27th, 2021 at 11:48 am
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया