बुधबार १० कार्तिक २०७८

काठमाडौ । नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मुखमा चुनौतीको सामना गर्न निलम अघि सरेकी छन् । उनले अब गर्भनरका हैसियतले गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने छन् ।

गभर्नर महाप्रसाद अधिकारी संक्रमित भएका कारण उनले यो अवसर पाएकी हुन् । यद्धपी गर्भनर मुलुकमै रहँदा सम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रचलन थिएन । निलमलाई भने गर्भनर नेपालमै भएको अवस्थामा पनि यो अवसर दिएको छ । असोज ५ गतेको परीक्षणमा पोजिटिभ देखिएपछि अधिकारी आराम गरेर बसेका छन् । अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ ।

बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिएको इतिहास छैन । तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिने गर्थे ।

यसअघि तत्कालीन गभर्नर युवराज खतिवडाले आफ्नी आमाको निधनपछि १३ दिनसम्म झापामा धार्मिक परम्पराबमोजिम किरिया बस्दा पनि अधिकार दिएका थिएनन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जसमा गभर्नरले बैंकको काम सुचारुरुपले सञ्चालन गर्न ऐनबमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।

चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच राजु लामाले पहिलो पटक सार्वजनिक गरे आफ्नी पत्नि र छोराछोरी
बिचारा ! बच्चालाई दूध खुवाउँदा महिला प्रहरीलाई सार्वजनिक रुपमा माफी माग्न बा’ध्य पारियो
नेपाली विद्यार्थी बिशालले भारतमा गरे सिए टप, बने पहिलो पटक भारतमा सिए टप गर्ने पहिलो नेपाली विद्यार्थी

पाङ्ग्रा नखुलेका कारण काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफलता पुर्बक अवतरणबिहेको प्रस्ताब अ’स्विकार गरेपछि १९ वर्षीया युवतीलाई पहाडबाट ध’का’लिदिएर ह’ त्याप्रेमीको बयान : सेते चौताराको छेउमा पुर्‍याई वि’ष सेवन गराएर पहाडबाट ध’कालिदिए ……

पाङ्ग्रा नखुलेका कारण काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफलता पुर्बक अवतरण


Last Updated on: September 27th, 2021 at 12:04 pm
२५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया