बुधबार १० कार्तिक २०७८

बर्दिया । गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए ।

त्यहीबेला उक्त म्युजिक भिडियोमा बिनिताको आमाको रोल खेलिरहेकी चर्चित मोडल सरस्वती फुयाललाई देख्द सुुटीङ्ग गरिरहेको अवस्थामा नै धरधरी रुन थालेकी छन् । उनलाई यसरी किन रुन लागेको नानो भनेर सोध्दा उनले मोडल सरस्वतीलाई देख्दा साच्चिकै आफ्नै आमाको याद आयो भनेर धुरुधुरु रुन थालिन् ।

यो दृश्य देख्दा त्यस स्थानमा रहेका अन्य मानिसहरूको आँखामा समेत आशु टपकिन थालेको थियो

मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका १ की ५० वर्षीय लक्ष्मी साउँद रहेकी छन् ।

पञ्चेश्वर गाउँपालिका १ का वडा सदस्य परमल सिंह घटालले चलाएको सु प प्र ०१ ००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका ३ गोगनपानीमा दुर्घटनामा परेको हो । कुलाँउबाट आमचौरातर्फ गइरहेको मोटरसाइकल कच्ची भित्रीसडकको पञ्चेश्वर गाउँपालिका ३ गोगनपानीमा आज दिउँसो साढे २ बजे सडकमै पल्टिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । मोटरसाइकल सडकमै पल्टिदा सो मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी हुन्। ओझाले भने,‘सामानसहित दुईजना मोटरसाइकलमा सवार रहेका बेला एक्कासी लक्ष्मीको सारी मोटरसाइकलमा बेरिएर लडेको र ढुंगामा टाउको ठोक्किएको भन्नेछ, प्रहरी टोली घटनास्थल खटाएका छौ,विस्तृत बुझ्दै छौं ।’

घाइते लक्ष्मीलाई उपचारको लागि लैजादैं गर्दा साढे ४ बजे बाटोमै मृत्यु भएको हो । मृतक लक्ष्मीको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा राखेर घटनाको अनुसन्धान थालेको छ ।

 


Last Updated on: September 27th, 2021 at 2:47 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया