मंगलबार १४ मंसिर २०७८

खोटाङ, ११ असोज-सोलुखुम्बुको लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका २८ वर्षीय रामकृष्ण राईको मृत्यु भएको छ ।सोमबार बिहान ३ बजे जलविद्युत आयोजनाको सुरुङभित्र काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिँदा राईको घट्नास्थलमै मृत्यु भएको हो । उनी करिब महिना दिनअघि मात्र जलविद्युत आयोजनाको काम गर्न सोलुखुम्बु पुगेका थिए । आफन्त घट्नास्थल पुगेपछि मात्र राईको शव उठाउने तयारी गरिएको लिखु जलविद्युत आयोजनाका इन्जिनियर गणेश शर्माले बताए ।

सुरुङभित्र काम गरिरहेको अवस्थामा ढिस्को खस्दा रामकृष्ण करिब चार सय मिटर तल खसेका थिए । सुरुङमा ढिस्कोले पुर्दा दोलखा जिरीका २१ वर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङका २८ वर्षीय प्रविन्द्र राई घाइते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि हेलिकप्टरबाट केएमसी अस्पताल काठमाडौं पठाइएको छ । जानकारी पाएलगत्तै प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट प्रहरीको टोली घट्नास्थल पुगेको छ ।

खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले भने घटनाका विषयमा जलविद्युत आयोजनाका प्रतिनिधिले परस्पर बाझिने कुरा गरेको बताए । ‘घरी सुरुङमा ढिस्कोले पुरिएको कुरा, घरी चिया खान जाँदै गर्दा लडेको भन्ने कुरा आयो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘घटनाको यथार्थ विषय बाहिर आउनु पर्छ । पीडितका तर्फबाट न्यायोचित क्षतिपूर्ति उपलव्ध गराउनु पर्छ भन्ने कुरा अघि बढाएको छौं ।’

काठमाडौ । नेपालको इतिहासमै पहिलो पटक नेपाल राष्ट्र बैंकमा पहिलो पटक एक जना महिलाले राष्ट्रबैंकको प्रमुखको जिम्मेवारी सम्हाल्ने मौका पाएकी छन् । पहिलो पटक महिला कायममुकायम गभर्नर बनेकी छन् । सरकारले डेपुटी निलम ढुंगाना तिम्सिनालाई असोज ६ गतेदेखि कायममुकायम मुकर्रर गरे पछि उनले यो अवसर पाएकी हुन् । दसैंको मुखमा चुनौतीको सामना गर्न निलम अघि सरेकी छन् । उनले अब गर्भनरका हैसियतले गर्ने प्राय सबै अधिकार प्रयोग गर्न पाउने छन् ।

गभर्नर महाप्रसाद अधिकारी संक्रमित भएका कारण उनले यो अवसर पाएकी हुन् । यद्धपी गर्भनर मुलुकमै रहँदा सम्म जुनसुकै अवस्थामा पनि कायममुकायम दिने प्रचलन थिएन । निलमलाई भने गर्भनर नेपालमै भएको अवस्थामा पनि यो अवसर दिएको छ । असोज ५ गतेको परीक्षणमा पोजिटिभ देखिएपछि अधिकारी आराम गरेर बसेका छन् । अर्थ मन्त्रालयको पत्रमा अधिकारी निको भएर कार्यालय नआएसम्मको लागि तिम्सिनालाई कायममुकायम दिइएको उल्लेख छ ।

बैंकमा अहिलेसम्म कुनै पनि गभर्नर मुलुकभित्र रहँदा डेपुटीलाई कायममुकायम दिएको इतिहास छैन । तर यसपटक अधिकारीको अनुरोधमा अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर उक्त व्यवस्था गरेको हो । प्रायः गभर्नरले मुलुक बाहिर गएको अवस्थामा मात्र कायममुकायम दिने गर्थे ।

यसअघि तत्कालीन गभर्नर युवराज खतिवडाले आफ्नी आमाको निधनपछि १३ दिनसम्म झापामा धार्मिक परम्पराबमोजिम किरिया बस्दा पनि अधिकार दिएका थिएनन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३१ मा अधिकार प्रत्यायोजनको व्यवस्था छ । जसमा गभर्नरले बैंकको काम सुचारुरुपले सञ्चालन गर्न ऐनबमोजिम प्राप्त गरेको अख्तियारी डेपुटी गभर्नर वा बैंकका अन्य कर्मचारीहरुलाई सुम्पन सक्नेछ भनेर लेखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

 

 


Last Updated on: September 27th, 2021 at 3:05 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया