शुक्रबार १७ मंसिर २०७८

पूर्व-पश्चिम राजमार्गस्थित झापाको माइधारमा टिपरले हाथी गाडीलाई ठक्कर दिँदा त्यसका चालकको मृ,त्यु भएको छ।सोमबार बिहान को. २ च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिएको हो। ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो। चालकको मृत्यु भए पनि उनको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रदेश-०३-००१-क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो।माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका बेला गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले चेकजाँच गरेको भन्दै ट्राफिक प्रहरीमाथि कारबाही माग गर्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन्।

 

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले अपराजित यात्रालाई जारी राखेको छ। शनिबार राति घरेलु मैदानमा मोन्टपेलिएरमाथि २–० को सहज जित निकाल्दै अपराजित यात्रालाई पिएसजी निरन्तरता दिएको हो।

शनिबारको खेलमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गर्दा किलियन एम्बाप्पे र नेयमारले भने गोल गर्न सकेनन्। मोन्टपेलिएर विरुद्धको खेलमा गोल गर्ने ड्राक्सलर खेलको ८७ मिनेटमा मात्र मैदान प्रवेश गरेका थिए। मैदान छिरेको एक मिनेटमै उनले गोल गर्न सफल भए। ड्राक्सलरले गोल नेयमारको पासमा गरेका थिए।

नेयमारको पासमा ड्राक्सलरले गोल गरेपछि एम्बाप्पे भने खासै सन्तुष्ट देखिएनन्। सामाजिक संजालमा यति बेला एम्बाप्पेको एक भिडियो भाइरल भैरहेको छ। जसमा उनलाई ड्राक्सलरको गोल पछि असन्तुष्ट भएको स्पष्ट देख्न सकिन्छ। एम्बाप्पे असन्तुष्ट हुनुको कारण नेयमार हुन्।

खेलका क्रममा नेयमारले आफूलाई पास नदिएको एम्बाप्पेको आरोप छ। भाइरल भएको भिडियोमा पिएसजीका एक खेलाडीसंग कुरागर्नेक्रममा एम्बाप्पेले नेयमारले आफूलाई पास नदिएको बताएको देखिएको छ।

“उसले(नेयमार)ले मलाई पास नै दिएन।”,आरएमसी स्पोर्टका अनुसार फ्रेन्च भाषामा एम्बाप्पेल भनेका थिए। उक्त भिडियो पश्चात एम्बाप्पे र नेयमार बीच मनमुटाब शुरु भएको अनुमान लगाउन थालिएको छ।

खोल खडेरीमा एम्बाप्पे
एम्बाप्पे यति बेला सामान्य गोल खडेरीबारा गुज्रिरहेका छन्। गएको तीन खेलमा एम्बाप्पेले गोल गर्न सकेका छैनन्। सिजनका शुरुवाती खेलहरुमा पिएसजीका निर्णय बन्ने गरेका थिए। तर पछिल्ला तीन खेलमा भने एम्बाप्पेले सिजनको शुरुवातको जस्तै प्रदर्शन गर्न सकेनन्।

प्रेमीले न स्वीकारे पछि’ यी महिला फेरी’छोराहरूको निकै माया लाग्छ भन्दै’ रुँदै मिडियामा’ हेरौं भिडियो
बुद्ध एयरको जहाजको पांग्रा नखुलेको जहाँजलाइ सकुसल अवतरण गराई ७७ जनाको ज्यान बचाउने पाइलटको बिमान बाहिर आउँदा यसरि भयो विमानस्थलमै तालि बजाएर स्वागत


Last Updated on: September 27th, 2021 at 5:24 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया