सोमबार ०३ माघ २०७८

कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा यात्रुबाहक बस र विङ्गर ठोकिँदा नौ जना यात्रु घाइते भएका छन् ।

रुकुमबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठोकिएका थिए ।

दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक रहेका छन् ।

यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ति मगर र वर्ष २३ का अर्जुन बुढा मगर अवस्था समेत गम्भीर रहेको छ ।

उनीहरुलाई थप उपचारको लागि बुटवल लगिएको कार्कीले बताए । सामान्य घाइतेको को कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

धनगढी: आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव अझैसम्म उठ्न सकेको छैन। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। सुत्केरी व्यथा सुरु भएपछि उनलाई शनिबार बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो। दिनभर सुत्केरी हुन संघर्ष गरेकी उनको गर्भमा रहेको शिशुलाई राति ११ बजेर ४४ मिनेटमा निकालिएको थियो। राति भ्याकुम प्रयोग गरेर उनको गर्भमा रहेको शिशु निकालिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको थियो।

तर आफन्तले भने आफूहरुलाई जानकारी नदिएर भ्याकुम प्रयोग गरेको बताइरहेका छन्। शिशुको निकालिएपछि मात्रै भ्याकुम प्रयोगबारे जानकारी पाएको मृतकका ससुरा नाता पर्ने शेरबहादुर मल्लले बताए। ‘हामीलाई त सोमबार बिहान सिधै रक्तस्राव भएको भन्दै ‘ए नेगिटिभ’ ग्रुपको रगत ल्याउन भनेर भनियो। बिहानसम्म हामीले ७ पिन्ट रगत जम्मा गरिसकेका थियौँ तर अस्पतालले बुहारीलाई बचाउन सकेन भनेर भन्यो’ उनले भने।

त्यसपछि मंगलबार बिहानसम्म अस्पतालमा तनाव चलिरहेको छ। आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै मृतकको शव नउठाउने बताइरहेका छन्। त्यसमाथि नवजीवन अस्पतालले दिउँसो ३ बजे ‘सक्दो प्रयास गर्दा पनि सुत्केरी बचाउन नसकिएको’ भन्दै विज्ञप्ति जारी गरेपछि आफन्त झनै आक्रोशित भएका छन्।गर्भवती भएदेखि नै डा. जयराम केसीको परामर्शमा रहँदै आएको भए पनि अन्तिम समयमा आएर उपचारमा लापरबाही गरेको मृतकका देवर दीपेन्द्र मल्लले आरोप लगाएका छन्। बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले जबरजस्ती भ्याकुम प्रयोग गरेको उनको आरोप छ।

आफन्तले दोषीलाई कारबाही नगरुञ्जेल शव नउठाउने अडान लिँदै आएपछि अहिले अस्पताललाई सुरक्षा घेरामा राखिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अस्पताललाई सुरक्षा दिइरहेको छ। शिशुलाई अस्पतालकै एनआइसियूमा राखिएको छ। यता अस्पतालका सञ्चालक योगेन्द्र ओझाले मृतकका आफन्तले उठाएको मागमा आफूहरु सहमत भएपनि शव नउठाइएको बताएका छन्। ‘शिशुको भरणपोषण, मृतकको नाममा प्रतिष्ठान स्थापना लगायतका मागमा हामी सहमत भइसकेका छौं। तर के कति कारणले शव नउठाइएको हो जानकारी छैन, अहिले सहमतिका लागि जिल्ला प्रशासनमा छलफल भइरहेको छ,’ उनले भने। दोषीलाई कारवाहीको बुँदामा भने अस्पताल प्रशासनले मुद्दामा जान कल्पनाका आफन्तलाई आग्रह गरेको छ। धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना मल्लका लागि न्यायको माग गर्दै प्रर्दशन गरिएको छ। सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएका विद्यार्थीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। … विस्तृतमा

 

 


Last Updated on: September 28th, 2021 at 11:53 am
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया