सोमबार ०३ माघ २०७८

विश्वको धेरै हवाई दु,र्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ। डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा कहिले पहाडी डाँडामा ठोकिएर विमान दु,र्घटना हुने गरेको छ।

नेपालमा मात्र हैन विश्वमा प्लेन दु,र्घटना निकै हुने गर्छ। जसका कारण धेरै हवाई कम्पनी घाटामा गएका छन् अनि धेरैले ज्यान गुमाएका छन्। तर हामी कुरा गर्दा गर्दै यो सम्झिन पुग्छौँ कि प्लेनमा किन प्यारासुट राखिँदैन र यात्रुको ज्यान किन जोगाइँदैन ? यस्तो प्रश्न धेरैले गर्ने गरेका छन्।

यस्तो छ कारण :

१.सबै मानिसलाई प्यारासुट चलाउन नआउनु: प्यारासुटमा उड्न एक बिशेष किसिमको तालिम गरेको हुनु पर्छ। नत्र त्यो मानिसको दु,र्घटना हुन पनि सक्छ। अब तपाई आफैँ भन्नुहोस् कि प्लेनमा यात्रा गर्ने सबै प्यारासुट चलाउन आउने हुदैनन् र यहाँ प्यारासुट राखिँदैन।

२. यो एकदमै गरुङ्गो हुन्छ: एउटा प्यारासुट लगभग १४ केजीको हुने गरेको छ। अब तपाई सोच्नुहोस कि प्रत्येकलाई पुग्ने प्यारासुटको वजन कति हुन्छ। पक्कै पनि धेरै हुने भएकाले यसले इन्धन धेरै खपत गर्ने भएर एयर कम्पनीले प्यारासुट राख्दैनन्।

३. हानथाप हुने भएका कारण: प्लेन दु,र्घटना हुने थाहा पाए पछि सबै आत्तिने गर्छन्। त्यसपछि तँ पहिले कि म पहिले भनेर एक अर्कामा ल,डाईँ गर्दा गर्दै कसैले पनि गर्न नपाउने भएका कारण पनि यो प्लेनमा राख्ने गर्दैनन्।

प्रतिक्रियानवलपुर- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ ।

सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले फलामको रड घोपिएको अवस्थामा उक्त गैँडा मृत फेला परेको बताए ।

‘धानबाली खानेक्रममा स्थानीयवासीले रड घोपेर मरेको अनुमान गरेका छौँ’, बराललले भने, “यस विषयमा थप अनुसन्धान अगाडि बढाएका छौँ ।’ गैँडाको कोखमा रड घोपिएको कारण भित्री चोट लागी आइतबार राति सो गैँडा मरेको भए पनि सोमबार मृत भेटिएको बरालले बताए ।

‘हामीले ट्रयापिङ गर्दा जिउँदै थियो, मध्याह्नतिर झाडीमा मृत फेला पर्‍यो’, उनले भने । गैँडा मृत फेला परे पनि गैँडाको खाग र खुर भने सुरक्षित रहेको बरालको भनाइ छ ।

चालु आर्थिक वर्ष २०७८/७९ मा मात्रै विभिन्न कारणले आठवटा गैँडा मरिसकेका छन् । राष्ट्रिय गैँडा गणना विसं २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन् ।

 

 

 


Last Updated on: September 28th, 2021 at 3:04 pm
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया