शुक्रबार १७ मंसिर २०७८

मङ्गलबारे, १२ असोज -इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो ।

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । (रासस)

श्वको धेरै हवाई दु,र्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ। डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा कहिले पहाडी डाँडामा ठोकिएर विमान दु,र्घटना हुने गरेको छ।

नेपालमा मात्र हैन विश्वमा प्लेन दु,र्घटना निकै हुने गर्छ। जसका कारण धेरै हवाई कम्पनी घाटामा गएका छन् अनि धेरैले ज्यान गुमाएका छन्। तर हामी कुरा गर्दा गर्दै यो सम्झिन पुग्छौँ कि प्लेनमा किन प्यारासुट राखिँदैन र यात्रुको ज्यान किन जोगाइँदैन ? यस्तो प्रश्न धेरैले गर्ने गरेका छन्।

यस्तो छ कारण :

१.सबै मानिसलाई प्यारासुट चलाउन नआउनु: प्यारासुटमा उड्न एक बिशेष किसिमको तालिम गरेको हुनु पर्छ। नत्र त्यो मानिसको दु,र्घटना हुन पनि सक्छ। अब तपाई आफैँ भन्नुहोस् कि प्लेनमा यात्रा गर्ने सबै प्यारासुट चलाउन आउने हुदैनन् र यहाँ प्यारासुट राखिँदैन।

२. यो एकदमै गरुङ्गो हुन्छ: एउटा प्यारासुट लगभग १४ केजीको हुने गरेको छ। अब तपाई सोच्नुहोस कि प्रत्येकलाई पुग्ने प्यारासुटको वजन कति हुन्छ। पक्कै पनि धेरै हुने भएकाले यसले इन्धन धेरै खपत गर्ने भएर एयर कम्पनीले प्यारासुट राख्दैनन्।

३. हानथाप हुने भएका कारण: प्लेन दु,र्घटना हुने थाहा पाए पछि सबै आत्तिने गर्छन्। त्यसपछि तँ पहिले कि म पहिले भनेर एक अर्कामा ल,डाईँ गर्दा गर्दै कसैले पनि गर्न नपाउने भएका कारण पनि यो प्लेनमा राख्ने गर्दैनन्।

प्रतिक्रियासम्बन्धित समाचार

 


Last Updated on: September 28th, 2021 at 3:07 pm
६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया