बुधबार १० कार्तिक २०७८

न’क्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले निय’न्त्रणमा लिएको छ । आबुखैरेनी गोरखा सडक खण्डको बाह्रकिलो बजार नजिकै उनीहरूले सोमवार राति दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पुर्‍याएका थिए ।

उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेका थिए ।

राति दुई बजेतिर उनीहरूले प्रहरीको सीआईडी हौँ भन्दै जबरजस्ती मालवाहक गाडी नियन्त्रणमा लिने, धा’क ध’म्की दिने, सह चालकको मोबाइल खोस्ने र ट्रकमा भएको सामानमा समेत क्ष’ति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले बताउनुभयो ।

घटनामा संलग्न गोरखा नगरपालिका ११ का २० वर्षीय निरञ्जन तामाङ, त्यही ठाउँका २१ वर्षीय निरज कोइराला र १९ वर्षका सुरज तामाङलाई घटनास्थलबाट गए राति नै प’क्रा उ गरिएको हो ।

घटनापछि फ’रार रहेका त्यही ठाउँका २० वर्षीय ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई आज बिहान प’क्रा, उ गरिएको दाहालले बताउनुभयो ।

प’क्रा, उ परेका ६ जना विरु’द्ध सार्वजनिक हित विरु’द्धको कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी हिरा’सतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको म्याद लिइएको डीएसपी दाहालले बताउनुभयो ।[]]

राइट ब्रदर्स’को ‘बालसुलभ बदमा’सी’ र ‘सपना’ आज आकाशमा उडिरहेका जहाज हुन्। विल्भर र ओर्भिल दुई दाजुभाइको सपनात्यति बेला जागेको थियो, जतिबेला उनीहरूको उमेर ११ र ७ वर्ष मात्र थियो।

विल्भर ११ वर्षका थिए, ओर्भिलको उमेर ७ वर्षका थिए। यी दाजुभाइका बुवाले बजारबाट ल्याइदिएको उड्ने खेलौनाले उनीहरूभित्र ‘हवाईजहाज निर्माता’को चेतना जागृत गरायो। बाँस, प्वाँख, कागज, रबरललगायतबाट बनाइएको उडाउने खेलौना नै ‘राइट ब्रदर्स’को जीवनमा ‘माइल स्टोन’ बनिदियो।

आकाशमा ‘हामी पनि उड्छौं सपना’ले नै सन् १९०३ मा साकार भएरै छाड्यो। ‘नवीनतम् सोचले भविष्य बदल्न सकिन्छ’ भन्ने भारतीय वैज्ञानिक एपिजे अब्दुल कलामको धारणा त सन् १९०३ मै पुष्टि भइसकेको थियो। एउटै कोखबाट जन्मेका दाजुभाइ, दिदीबहिनीको सोच पनि एकै भने संयोगमात्र हुने गर्छ।

नेपालमा पनि त्यस्तै दुई जना दाजुबहिनी छन्, जसको सोच ‘संयोग’ हो। काठमाडौंको कुमारीगाल–६ बौद्धका २७ वर्षीय सुमित गौतम र २६ वर्षीय सुम्निमा गौतम ती उदाहरण हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजको इन्जिन परीक्षण गर्दा देखिने सुमित र सुम्निमा दाजुबहिनी हुन् भन्ने चाहिँ कमैलाई मात्र थाहा छ।

बुद्ध एयरमा कार्यरत एरोनेटिकल इञ्जिनियर सुमित र सुम्निमा सँगै कार्यालय जान्छन्, सँगै काम गर्छन्, एउटै काम अनि एउटै कम्पनीमा। पहिलो त सोच मिलेर नै हो, एउटै फिल्डमा सँगै काम गर्दा दुबै जना फुरूङ्ग छन्। ‘दाजुले एउटा विषय रोजे भाइबहिनीले अर्कै फिल्डको विषय रोजेका उदाहरण प्रशस्तै छन्,’

सुम्निमाले भनिन्, ‘तर, हामी दाजुबहिनीमा त्यस्तो छैन, हामीले सल्लाहले नै एरोनेटिकल इञ्जिनियरिङ पढेका हौँ।’ बाल्यकालदेखि दुबैको सोच एरोनेटिकल इञ्जिनियरिङ गर्ने नै थियो। आकाशमा हवाईजहाज उड्दा पनि उनीहरूलाई ‘यो कसरी उड्छ होला’ भन्ने खुुल्दुली लाग्थ्यो रे।

त्यो उत्सुकताले पनि सुमित र सुम्निमालाई एरोनेटिकल इञ्जियर बन्न प्रेरित गरेको रहेछ। ‘बस वा कार त यसरी चल्छ भनेर लजिक लगाउन सकिन्छ,’ सुमितले भने, ‘तर, हवाईजहाज कसरी उड्छ भन्ने लजिक लगाउन गाह्रो छ, प्लेन कसरी उड्छ भनेर हामी बहस गरिरहन्थ्यौँ, अहिले प्लेनका पार्टपुर्जा र इञ्जिनको सबैथोकको ज्ञान हासिल गरिसकेका छौँ।’

जिज्ञाशु स्वभावका यी दाजुबहिनीलाई सानो उमेरमा बुवाले किनेर ल्याएको खेलौना नै अध्ययनको साधन बन्ने गर्दथ्यो। ‘खेलौना खोलेर त्यसका पार्टपुर्जा हेर्दा पनि केही सिकेजस्तो आभाष हुन्थ्यो,’ सुमितले भने, ‘बुवा–आमा रिसाउनु पनि हुन्थ्यो, तर सिकाईको प्रक्रिया चाहिँ त त्यहीँबाट सुरू भएको हो।’

बाराको कलैयाका दीपक र साधना गौतमका छोराछोरी हुन्, सुमित र सुम्निमा। वि.सं. २०५८ सालमा काठमाडौं आउँदा सुम्निमा कक्षा पाँचमा पढ्दै थिइन्। एक वर्षपछि २०५९ सालमा स–परिवार काठमाडौं आउँदा सुमित कक्षा सातमा पढ्दै थिए। प्यारागन पब्लिक स्कुलमा पढ्दा–पढ्दै उनीहरू काठमाडौं आए।

 


Last Updated on: September 28th, 2021 at 4:46 pm
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया