मंगलबार ०३ जेठ २०७९

दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।

संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।

निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताउनुभयो । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई रु एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो ।

यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई रु एक हजार २१५ पर्ने उनले बताउनुभयो । दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उहाँले बताउनुभयो । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ । ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उहाँको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उहाँले बताउनुभयो ।

। सोमवार बुद्ध एयरको विमानलाई ठूलो दुर्घटनावाट जोगाउन सफल भएपछि पाइलट क्याप्टेन आङगेलु शेर्पाको चर्चा निकै चुलिएको छ । सोमवारको घटनापछि उनको समुह ४ जनालाई विदामा पठाइएको छ भने विमानले नियमित उडान सुरु गरेको छ ।

क्याप्टेन आङगेलु शेर्पा चर्चित भएसंगै उनका ब्यक्तिगत जिवनका पाटाहरुका बारेमा पनि चर्चा हुन थालेको छ ।उनको सामाजिक सञ्जाल खोतलेर ब्यक्तिगत जिवनका कुराहरु पनि सार्वजनिक गर्न थालिएका छन् । माथिको तस्बिरमा क्याप्टेन आङगेलु शेर्पामा देखिएकी युवतीका बारेमा के तपाईलाई थाहा छ ?

उनी पनि पाइलट नै हुन् । जसको नाम पेमा लामा हो । पेशाले पाइलट पेमा क्याप्टेन आङगेलु शेर्पाकी श्रीमती पनि हुन् । उनले पनि विगत ६ वर्ष देखि बुद्ध एयरकै जहाज उडाउँदै आएकी छन् ।महिलाले साहसिक काम गर्न सक्दैनन् भन्ने मान्यता भएका व्यक्तिहरुले महिलाहरुले पाइलटको पेशा अपनाउनुलाई अझै पनि आश्चर्यको रुपमा लिने गर्छन् तर पेमा लामाको साहसले यो मान्यता चिरेको छ।

उनलाई पति क्याप्टेन आङगेलु शेर्पाले नै यो पेशाका लागि अभिप्रेरित गरेका हुन् ।सन् १९९१ मा सोलुको फाप्लुमा जन्मिएकी पेमा २०१२ देखि बुद्ध एयरमा पाइलटको रुपमा कार्यरत छिन्। नेपालमा जम्मा २९ जना महिलाहरुले विमान उडाउने पाइलटको लाइसेन्स प्राप्त गरेका छन्। तीमध्ये पेमा पनि एक हुन्।

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर अध्ययन गरिन्। त्यहाँ अध्ययन सकियो। त्यसपछि के गर्ने ? अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् ।

जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको विवाह भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं बनौं जस्तै लाग्यो। भिडियो

 

 


Last Updated on: September 28th, 2021 at 5:07 pm
१२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया