बिहिबार ०७ आश्विन २०७८

वायुसेनाका लागि छैटौं पुस्ताको स्टेल्थ युद्धविमानको तयारीसँगै अमेरिका र चीनबीच हतियारको दौड शुरू भएको बताइएको छ ।

गत जुन महिनामा अमेरिकी वायुसेनाले छैटौं पुस्ताको युद्धविमानमध्ये नेक्स्ट जेनरेसन डोमिनेन्स सिस्टमको उपयोग आगामी १० वर्षमा शुरू गरिने घोषणा गरेको थियो ।

 

अमेरिकी वायुसेनाका प्रमुख चीफ अफ स्टाफ जनरल चार्ल्स क्यू ब्राउन जुनियरले संसद्लाई बताएअनुसार, यसले नयाँ तथा अत्याधुनिक युद्धविमान एफ–२२ र्‍याप्टरको स्थान लिनेछ । यो एकैपटकमा धेरै किसिमका काम गर्न सक्षम छ ।

हवाईक्षेत्रमा अमेरिकाको प्रभुत्व कायम गर्नु यस युद्धविमानको उद्देश्य रहेको वायुसेना प्रमुख बताउँछन् । अनि यस विमानले जमीनमा रहेको तारोलाई पनि ध्वस्त पार्ने क्षमता राख्छ ।

पाइलटरहित विमानका जत्थाले श, त्रुको आ, x क्र, x म, ण क्षमतालाई न, x ष्ट गर्ने, विद्युतीय आ, x क्र, x म, x ण मिसन पूरा गर्ने र अतिरिक्त हतियार चलाउने मशिनका रूपमा काम गर्ने लक्ष्य छ ।

हिन्द प्रशान्त क्षेत्रमा चिनियाँ वायुसेना र सतहबाट सतहसम्म मा, x र हा,न्ने क्षेप्यास्त्र बलको बढ्दो जोखिमको सामना गर्न अमेरिकाले यो हतियार प्रणालीको योजना बनाएको हो ।

चीनको जे–२० पहिलो स्टेल्थ युद्धविमान हो । त्यसलाई राडार र आधुनिक उपकरणले देख्न सक्दैन । त्यही चिनियाँ विमानबाट अमेरिकी वायुसेनाले जोखिम अनुभव गरेर त्यसको तो,ड निकाल्न खोजेको हो ।

पोहोर साल चीनको अंग्रेजी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित लेखअनुसार, चीन छैटौं पुस्ताको लडाकू विमानको वैश्विक दौडमा पछि पर्ने छैन र सन् २०३५ सम्म अर्को पुस्ताको युद्धविमान बनाउनेछ ।

चीनका युद्धविमान विशेषज्ञ वाङ हफङका अनुसार, अत्याधुनिक विमान सन् २०३५ मा तयार भइसक्नेछन् । वाङले चङ्तु एयरक्राफ्ट रिसर्च यान्ड डिजाइन इन्स्टिच्युटको चीफ आर्टिटेक्टका रूपमा जे–२० र जे–१० को निर्माणमा पनि सहभागिता जनाइसकेका छन् ।

चीनको राष्ट्रिय सुरक्षाका विषयमा लेख छाप्ने पत्रिका इन्डस्ट्री साइन्स टेक्नोलोजीमा प्रकाशित सामग्रीका अनुसार, छैटौं पुस्ताको युद्धविमानमा नयाँ प्रविधि जोडिएको छ । तिनमा ड्रोनबाट निर्देशन दिने, कृत्रिम बौद्धिकता र एरोडाइनामिक डिजाइनमार्फत उच्चस्तरीय स्टेल्थ क्षमता प्राप्त गर्ने कुरा पनि छन् ।

चीनले आवश्यकताअनुसार यी फीचरहरू नयाँ पुस्ताको विमानमा समावेश गर्नेछ ।


Last Updated on: August 7th, 2021 at 11:23 am
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया