बुधबार १० कार्तिक २०७८

काठमाडौँ – आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । विसं २०५३ को असार ४ मा परियारले

काठमाडौँबाट ती महिलालाई प्रलोभनमा पारी एक पुरुषको जिम्मा लगाएर भारु ३० हजार लिएर नेपाली महिलाले चलाएको कोठीमा भारत पु¥याई बेचबिखन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा हुँदै भारत पु¥याएका थिए । उनीहरुले नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिनुभयो ।

निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनसुन्धान भइरहेको ब्यूरोले सोमबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

काठमाडौँ । ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण नगरी काठमाडौँमा अवतरण गरेको हो । उक्त विमान केही बेरअघि मात्र त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख राजकुमार क्षेत्रीले ल्यान्डिङ गियरमा समस्या देखिएपछि विराटनगरमा अवतरण हुन नसकेको र समस्या भएको अवस्थामा उपलब्ध सुविधाका आधारमा अवतरणका लागि सजिलो हुने भएकाले काठमाडौँ फर्किएको जानकारी दिए ।

बुद्ध एयरको एनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए ।

विमानको पाङ्ग्रा नै ननिस्किएपछि अब कसरी अवतरण गर्ने ? विमानस्थलमा हल्लीखल्ली मच्चिइसकेको थियो । कसरी फोर्स ल्यान्डिङ गराउने होला भन्ने चिन्ता एकाएक बढेको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तैनाथ गर्न थालिएको थियो ।

ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन एजी शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए । विराटनगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थियो । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो ।

विहान काठमाडौवाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि फेरी काठमाडौमै ल्याएर फोर्स ल्याण्डिगं गरिएको थियो । विमानमा सवार यात्रु सकुशल रहेका छन्। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए। विमानमा ७५ जना यात्रु सवार थिए।

विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन काठमाडौं फर्काइएको थियो। विमानमा समस्या आएको थाहा पाएपछि यात्रुहरु डराएका थिए । जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो।

 

 


Last Updated on: September 28th, 2021 at 5:39 pm
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया