बुधबार १० कार्तिक २०७८

काठमाडौं । सन् २०३० सम्म नेपालबाट रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसहित विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज विश्व रेविज दिवस मनाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि सन् २०३० सम्ममा विश्वबाटै रेबिज उन्मुलन गर्ने लक्ष्य लिएको छ।

हरेक वर्ष २८ सेप्टेम्बरमा मनाइने रेबिज दिवस यसवर्ष ‘रेबिजस् फ्याक्ट्स, नट फियर’ अर्थात ‘रेबिजस् तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ मनाइएको छ।

यसरी सर्छ रेबिज

रेबिज संक्रमित कुकुर, बिरालो, मुसा वा जंगली जनावरको टोकाइबाट मानिसमा सर्छ।

नेपालमा देखिने रेबिज रोगका केसहरूमध्ये करिब ९० प्रतिशत संक्रमित कुकुर तथा बिरालोको टोकाइबाट सर्ने गरेको छ।

यस रोगको उपचार नभएकाले रोकथामका लागि रेबिजविरुद्धको भ्याक्सिन लगाउनु आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

रेबिजबाट बर्षेनि सय जनाको मृत्यु

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी पशु चिकित्सक रोसीका श्रेष्ठका अनुसार नेपालमा बर्षेनि सरदर सय जनाको रेबिज संक्रमणबाट मृत्यु हुने गरेको छ।

‘तर गत वर्ष कोरोना महामारीका कारण अस्पतालमा रेबिजका बिरामीहरूको संख्या नै देखिएन’ श्रेष्ठले न्युज कारखानासँग भनिन्, ‘आब २०७७र७८ मा १८ जनाको मृत्यु भएको तथ्यांक छ।’

नेपालमा अहिले घरपालुवा कुकुरसँगै बेवारिसे कुकुरहरुलाई पनि रेबिजको भ्याक्सिन लगाइने भएकोले रेबिज संक्रमण घटेको श्रेष्ठको भनाइ छ।

आब २०७४/७५ मा कुकुरले ३३ हजार दुई सय चार जनालाई कुकुरले टोकेकोमा ३२ जनाको मृत्यु भएको थियो। यस्तै,आब २०७५र७६ मा ३२ हजार आठ सय ८२ जनालाई टोकेकोमा १८ जनाको मृत्यु भएको थियो।

आब २०७६/७७ मा ५२ हजार ६ सय १० जना रेबिजविरुद्ध खोप लगाउन अस्पताल पुगेको तथ्यांक छ २०७७/०७८ मा दुई लाख ९५ हजार रेविजविरुद्धको खोप लगाएको महाशाखाको तथ्यांङक छ।

यो रोगबाट प्रत्येक ९ मिनेटमा विश्वमा एक जनाको ज्यान जाने गरेको तथ्यांक छ भने प्रत्येक वर्ष ६० हजारको मृत्यु हुने गरेको छ।

नेपालका सबै जिल्ला अस्पताल र सरुवा रोग अस्पतालहरूबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको महाशाखाको भनाइ छ।

काठमाडौंस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा खोप निःशुल्क लगाउन पाइन्छ।

रेबिजबाट कसरी बच्ने?

घरपालुवा कुकुरलाई अनिवार्य रेबिजविरुद्धको खोप लगाउने

कुकुरले टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तिमा १५ मिनेटसम्म राम्रोसँग धुने

तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेबिजविरुद्धको खोप लगाउने

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट
भीम रावल कार्यदलको संयोजक बन्दा टुंगो लागेन सुदूरपश्चिम इन्चार्ज

काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको बैठकले दश बुँदे सहमति कार्यान्वयन र

यी व्यक्तिलाई विवाहपछि मात्र थाहा भयो श्रीमती पोर्नस्टार रहिछन्…

बेलायतमा एक व्यक्तिले विवाहपछि मात्र आफ्नी श्रीमती पोर्नस्टार भएको थाहा पाएका छन्। डेली मेलका अनुसार

कोरोना संक्रमणबाट १२ जनाको मृत्यु, ११५८ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ५८ कोरोना संक्रमित थपिएका छन्।

भ्रष्टाचार र शक्ति दुरुपयोगको अभियोगमा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा

सिद्धुले पञ्जाब काँग्रेसको अध्यक्ष पदबाट राजीनामा दिए

नवाजोत सिंह सिद्धुले पञ्जाब काँग्रेस कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। सिद्धुले कांग्रेसकी अन्तरिम अध्यक्ष

मैदान फर्किए विमल घर्तीमगर

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल

रिज लाइन इनर्जीले झण्डै २१ करोड बराबरको आईपीओ निष्काशन गर्ने

काठमाडौं । रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पुँजी

एकअर्कालाई समय दिन नसकेपछि मस्क र ग्राइम्सबीचको सम्बन्ध टुट्यो

अर्बपति इलोन मस्क र गायिका ग्राइम्सबीचको प्रेम सम्बन्ध टुटेको छ। पेज सिक्सलाई दिएको अन्तर्वार्तामा मस्कले

 


Last Updated on: September 28th, 2021 at 5:43 pm
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया