बुधबार १० कार्तिक २०७८

धनकुटा । धनकुटामा २८ हजार नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धनकुटा नगरपालिका-९ मुलघाटमा चेकजाँचका क्रममा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको हो।

नक्कली नोटसहित धनकुटा-१ हिलेका एक युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गरिएका सबै नोटको नम्बर एउटै रहेको जनाएको छ।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले विस्तृत विवरण खुलाएको छैन।


Last Updated on: September 28th, 2021 at 8:37 pm
८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया