मंगलबार ०३ जेठ २०७९

काठमाडौ । प्राविधिक समस्याका कारण विराटनगरमा अवतरण हुन नसकी काठमाडौंमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरका सबै यात्रु फेरी विराटनगर जान पाएनन् । विमानमा ७३ यात्रु थिए । जस मध्ये ४९ यात्रुलाई मात्र सोमबार अर्को उडानबाट विराटनगर पठाइएको छ । बाँकी यात्रुहरुलाई भने बुधबार बिराटनगर पठाइने भएको छ

प्राविधिक समस्याका कारण विराटनगर विमानस्थलमा अवतरण गर्न नसेको विमानलाई फेरी काठमाडौ ल्याएर अवतरण गराइएको थियो । विमान दुई घण्टा सम्म काठमाडौको विमानस्थल माथि आकासमा घुमिरहेको थियो । एनआई कलसाइनको उडान नम्बर–७०१ को विमान सोमबार बिहान ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरवाट फिर्ता आएको हो


Last Updated on: September 29th, 2021 at 10:04 am
२१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया