मंगलबार १४ मंसिर २०७८

काठमाडौं, १३ असोज-राष्ट्रिय वाणिज्य बैंकले प्वाइन्ट अफ सेल (पिओएस) कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।बैंकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्येनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पिओएसको माध्यमबाटप्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको जनाएको छ ।

यो योजना आगामी असोज २१ गते देखि २०७८ कात्तिक २४ गतेसम्म लागू हुने जनाएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट बैंकको कार्डबाट रावा बैंककै कार्ड स्वीप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ वा ६ देखि १० पटकको कार्ड स्वीपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा सात र सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्वीपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैंंकले जनाएको छ ।बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ संचालनमा छन् ।

प्रतिकृया दिनुहोस

ट्रेन्डिङ

कोरियाको लाखौँ कमाउने जागिर छाडेर खाग तस्करीमा कसरी लागे ३२ वर्षीय गोपाल


भर्खरै इन्गेजमेन्ट गरेकी गायिका ईन्दिरा जोशी क्लबमा यसरी भेटिइन्


Last Updated on: September 29th, 2021 at 11:19 am
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया