मंगलबार १४ मंसिर २०७८

काठमाडौं । नयाँबानेश्वरमा अ,र्धनग्न, अवस्थामा एक महिलाको श,व फे,ला परेको प्रहरीले जनाएको छ ।

महानगरिय प्रहरी परिसरले बताए अनुसार वानेश्वर क्याम्पस अगाडि बाग्मती खोलाको पुलमुनी उक्त श,व फेला परेको हो । स्थानीयले श,व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुचना पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाको सम्बन्धमा पूरा जानकारी श,वको पोष्टमार्टमपछि मात्रै आउने महानगरिय प्रहरी परिसरले जनाएको छ ।

च्याम्पियन लिग अन्तर्गत भएको गएरातिको खेलमा बार्सिलोना बेनिफिकासँग पराजित भएको छ ।

बार्सिलोनाले आफ्नो दोस्रो खेलमा बेनिफिकासँग ३-० गोलले हार बेहोरेको हो । यसअघिको आफ्नो पहिलो खेलमा पनि बार्सिलोना बयार्न म्युनिखसँग ३-० गोलअन्तरले नै पराजित भएको थियो ।

पहिलो खेलको हारका कमजोरीहरुलाई सुधार्दै सुखद नतिजा निकाल्ने अपेक्षामा रहेको बार्सिलोनालाई यो हारले ठूलो धक्का पुगेको छ । दोस्रो खेलमा पराजित हुँदा बार्सिलोनाको समूह ई को पुछार झरेको छ ।

बेनिफिकाका लागि डार्विन नुरेजले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ६९ औं मिनेटमा बेनिफिकाका लागि राफा सिल्भाले दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ७९ औं मिनेटमा पेनाल्टी पाएको बेनिफिकाले थप अर्को गोल गरेर ३-० गोलको बिजय प्राप्त गर्यो ।

बेनिफिका ४ अंकसहित समुह ई को दोस्रो स्थानमा रहेको छ । हारपछि बार्सिलोना भने सन् २००३–०४ सिजनपछि पहिलोपटक लिगको नकआउट चरणमा नपुग्ने सम्भावना बढेको छ ।

इक्‍वेडरको एउटा जेलमा कैदीबन्दी र प्रतिद्वन्दी गिरोहबीच भएको झडपमा परी कम्तीमा पनि १०० जनाभन्दा बढीको मृत्यु भएको छ ।

इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ। सयभन्दा धेरैले ज्यान गुमाएको र यो संख्या अर्झ बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।

मंगलबार ग्वायाकइल सहरस्थित जेलमा भएको झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको छ । एकजना प्रहरी कमान्डर फास्तो बुएनानोका अनुसार बन्दीहरूले ग्रेनेड समेत फ्याकेका थिए।

विश्वव्यापी लागू औषध गिरोहसँग सम्बन्धित कैदीहरु रहेको यस जेलमा दुई पक्षबीच झडप भएपछि त्यहाँ रहेका ४ सय प्रहरीलाई नियन्त्रणमा लिन कठिन भएको थियो ।

 


Last Updated on: September 30th, 2021 at 11:00 am
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया