मंगलबार ०३ जेठ २०७९

एजेन्सी । एउटा भनाई छ संकट को समयमा, मानवता भन्ने कुराको उदाहरण देख्न पाइन्छ । त्यस्तै उदाहरण भारतको केरलामा एक परिवारले देखाएका छन् । आफ्नो परिवारको एक युवकको निधन हुने निश्चित भएपछि उनीहरुले अन्य ७ जनाको ज्यान बचाउन पुण्यको काम गरेका छन् ।

ब्रेन डे थ भएका युवकको अंग दान गरेर उनीहरुले ७ जनालाई बचाएका छन् । फ्रान्समा लेखा मा स्नातकोत्तर गर्दै २५ वर्षीय नाभिस म्याथ्यु कोभिड महामारीका कारण कोट्टायमस्थित आफ्नो घरबाट अनलाइन कक्षा लिइरहेका थिए। १८ सेप्टेम्बरमा, जब नाविस आफ्नो सामान्य समयमा पनि उठ्न सकेनन्, उनकी कान्छी बहिनी, १३ वर्षीया विस्मया, उनलाई जगाउनको लागी उनको कोठामा गईन्, तर दाईलाई निधन भएको थाहा पाएर स्तब्ध भइन् ।

परिवारले तुरुन्तै नविस मैथ्यूलाई कोट्टायमको एक निजी अस्पतालमा लगियो, जहाँ डाक्टरहरुले परिवारलाई उनको सुगरको स्तर एकदमै घटेको बताए । नाविसको स्वास्थ्यमा सुधार नआएपछि सेप्टेम्बर २० मा अर्को एक निजी अस्पतालमा सारिएको थियो।

२४ सेप्टेम्बर मा, मस्तिष्क मृ त घोषित गरियो। तुरुन्तै पछि, बुबा साजन मैथ्यू र उनको परिवार अंग दान गर्न सहमति दिए। आफन्तहरु को अनुमति पछि, उनका अंगहरु अन्य विरामीहरुमा प्रत्यारोपण गरियो ।

यस बाहेक, उनको दुबै हात एक व्यक्ति लाई दान गरीएको थियो र उनको प्रत्येक आँखा, एक मिर्गौला र एक कलेजो एक एक व्यक्ति लाई दान गरीएको थियो। राज्य स्वास्थ्य मन्त्री वीना जर्जले पीडित परिवारलाई भेटी र राज्य सरकारको तर्फबाट अंग दान गर्न र यस प्रक्रियामा धेरैको जीवन बचाउन परिवारलाई धन्यवाद दिए।

काठमाडौं । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।

विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो ।

सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ ।

अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ ।

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ ।

कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु(याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने जनाएको छ ।

स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए ।

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ ।

विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

कन्यामबाट पाथीभरा गएको समय बाहेक सो हेलिकप्टरले स्वदेशी पर्यटकको रोजाईमा परेको कन्याम, अन्तु फन फ्लाईटको व्यवस्था मिलाएको छ ।

कन्यामबाट तीन हजार पाँच सयमा अन्तुसम्मको फन फ्लाईट गराइने स्टेसनम्यानेजर अधिकारीले जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

च्याम्पियन लिग अन्तर्गत भएको गएरातिको खेलमा बार्सिलोना बेनिफिकासँग पराजित भएको छ ।

बार्सिलोनाले आफ्नो दोस्रो खेलमा बेनिफिकासँग ३-० गोलले हार बेहोरेको हो । यसअघिको आफ्नो पहिलो खेलमा पनि बार्सिलोना बयार्न म्युनिखसँग ३-० गोलअन्तरले नै पराजित भएको थियो ।

पहिलो खेलको हारका कमजोरीहरुलाई सुधार्दै सुखद नतिजा निकाल्ने अपेक्षामा रहेको बार्सिलोनालाई यो हारले ठूलो धक्का पुगेको छ । दोस्रो खेलमा पराजित हुँदा बार्सिलोनाको समूह ई को पुछार झरेको छ ।

 


Last Updated on: September 30th, 2021 at 11:19 am
२६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया