आइतबार ३१ आश्विन २०७८

देशमा रोजगार नभएपछि बिदेश जानु पर्ने बाध्यता रहेको हामी सबैलाई थाहा परिवारलाई खुशी राख्ने उदेश्य ले विभिन्न खाडी मुलुक मा काम गर्न पुगेका नेपाली हरुको विभिन्न कारणले ज्यान जाने गरेको यस्तै मलेसियामा कार्यरत एक नेपाली पनि मृत्यु भएको छ।

वैदेशिक रोजगारीको निम्ति विगत ९ वर्ष अघि मलेसिया पुगेका काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङको गत आईतवार मृत्यु भएको छ।

मलेसियाको मीरी सरवाक स्थित सिन याङ प्लाइवुड एसडिएन बिएचडी (shin yang plywood SDN BHD) नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ ड्युटीमा नै अचानक ढले पछि नजिकैको अस्पताल पुर्याउदा मृत्यु भइसकेको थियो।

विगत केही महिना देखि प्रेसरको रोगी रहेका तामाङ डाक्टरको सल्लाह अनुसार ओैसधि समेत सेवन गरिरहेका थिए।
मृतकको शव नजिकैको अस्पतालमा राखिएको र आवश्यक कगजात तयार गरि नेपाल फर्कनउने तयारी गरेको मृतकका सहकर्मी अजय तामाङले जानकारी दिनुभएको छ।

कैलाली धनगढीकि कोमल अहिले उमेरले २४ वर्ष पुगेकि छिन् ।उनी कैलालीबाट काठमाडौ आएको लगभग ५ वर्ष भयो ।आफ्नो पढाईसंगै मोडल बन्न भनेर उनी राजधानी छिरेकी थिइन् ।ब्याचलर दोस्रो वर्षमा पढिरहेकी उनी आफुले मोडलिङमा राम्रो अवसर नपाएको बताउछिन् ।

तर अहिले सामाजिक संजाल टिकटकमा भने उनको निकै चर्चा छ ।कोमल उनको नाच र अभिनयले गर्दा अहिले निकै चर्चामा रहेकी छिन् ।उनलाई सबैले राम्री,हसिली र राम्रो कलाकारको रुपमा हेर्दै आएका छन् ।

कोमलको एउटा हात आधा मात्र छ ।उनको हात जन्मजात नै यस्तो भएको उनी बताउछिन् ।तर हात नभएपनी उनी अन्य सामान्य मान्छेले गर्न सक्ने काम गर्न सक्छिन् ।उनलाई भारी चिज उठाउन चाहिँ समस्या हुनेगरेको हामीलाई बताइन् ।

उनले मोडलिङमा निकै संघर्ष गर्नु परेको र अहिलेसम्म पनि धेरै कुरा हासिल गर्न बाकी रहेको उनी बताउछिन् ।तर मेहनत गरेपछि फल अवश्य पाइने भन्दै

 


Last Updated on: September 30th, 2021 at 11:29 am
३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया