मंगलबार १४ मंसिर २०७८

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ ।नागरिक सहायता कक्षको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले उदघाटन गरिसकेका छन् । प्रहरीले यात्रुसँग बढी भाडा लिने सार्वजनिक सवारीको साधनमाथि निगरानी बढाएको छ । प्रहरीले बढी भाडा लिएको सूचना दिन पनि जिल्लावासीलाई आग्रह गरेको छ ।

यसअघि पनि सार्वजनिक सवारी साधनको छडके चेकजाँच गर्ने क्रममा दोब्बर भाडा लिने चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बढी भाडा लिने सवारी साधनमाथि ठाउँको ठाउँ कारवाही हुने बताए ।

उनले भने, ‘हामीले सरकारले तोके भन्दा बढी भाडा लिने सवारी साधनलाई कानुन अनुसार कारवाही गछौ, अब सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउछौं ।’डिएसपी ढुंगानाले जिल्लावासीलाई पनि बढी भाडा लिएको पाइएमा सूचना दिन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम गो’प्य राखिने बताए । हाल रामेछापबाट दैनिक चार सय भन्दा बढी साना ठूला सवारी साधन सञ्चालन हुँदै आएको प्रहरीले बताएको छ ।

काठमाडौं । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ ।

विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म पाथीभरा दर्शनका लागि लैजाने भएको हो ।

सीता एयरका स्टेसन मेनेजर तथा माउन्टेन हेलिकप्टरका कोअडिनेटर राम अधिकारीका अनुसार, दशैँमा पर्यटकलाई पाथीभरा लैजान टिकट बुकिङ खुला गरिसकेको छ ।

अधिकारीले कन्याम र कोल्बुङ क्षेत्रबाट दिनमा दुई पटक उडान भरिने जानकारी दिए । मौसमको अनुकुलता हेरेर कन्यामबाट र त्यहाँबाट नसके कुटीडाँडाबाट दिनमा दुई पटक उडान भरिने भएको छ ।

कन्याममा प्राय कुहिरो लागिरहने गर्दछ । अधिकारीका अनुसार एक पटकमा पाँचजना पर्यटक बोक्ने क्षमता भएको माउन्टेन हेलिकप्टरले कन्याम–पाथीभराको प्रतिव्यक्ति भाडादर ३५ हजार तोकेको छ ।

कन्यामबाट ३५ मिनेटमा पाथीभरा पु(याएर एक घण्टासम्म पाथीभरा दर्शन गराएर उक्त हेलिकप्टरले पर्यटकलाई कन्याम ओराल्ने जनाएको छ ।

स्टेसन मेनेजर अधिकारीले भने, ‘पाथीभरा दर्शनमा जाने बिरामी, अशक्त र पर्यटकलाई मध्यनजर गरी सेवा सुरु गरेका हौँ, उनले भद्रपुरभन्दा कन्यामबाट भाडादर सस्तो भएको जानकारी दिए ।

राजमार्ग भएर पाथीभरा पुग्न सवारी निक्कै कठिन पर्ने गरेको छ । ताप्लेजुङको सुकेटार विमान स्थलबाट एक दिनको पैदलयात्रा गरेपछि मात्र पाथीभरा पुग्न सकिन्छ ।

विजया दशमीको अवसर पारेर कन्यामबाट पाथीभरा, पाँचथरको तिम्बुङपोखरी र ताप्लेजुङको सुकेटार विमान स्थलबाट पनि सोझैं पाथीभरा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

कन्यामबाट पाथीभरा गएको समय बाहेक सो हेलिकप्टरले स्वदेशी पर्यटकको रोजाईमा परेको कन्याम, अन्तु फन फ्लाईटको व्यवस्था मिलाएको छ ।

कन्यामबाट तीन हजार पाँच सयमा अन्तुसम्मको फन फ्लाईट गराइने स्टेसनम्यानेजर अधिकारीले जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

च्याम्पियन लिग अन्तर्गत भएको गएरातिको खेलमा बार्सिलोना बेनिफिकासँग पराजित भएको छ ।

बार्सिलोनाले आफ्नो दोस्रो खेलमा बेनिफिकासँग ३-० गोलले हार बेहोरेको हो । यसअघिको आफ्नो पहिलो खेलमा पनि बार्सिलोना बयार्न म्युनिखसँग ३-० गोलअन्तरले नै पराजित भएको थियो ।

पहिलो खेलको हारका कमजोरीहरुलाई सुधार्दै सुखद नतिजा निकाल्ने अपेक्षामा रहेको बार्सिलोनालाई यो हारले ठूलो धक्का पुगेको छ । दोस्रो खेलमा पराजित हुँदा बार्सिलोनाको समूह ई को पुछार झरेको छ ।

 


Last Updated on: September 30th, 2021 at 11:58 am
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया