बुधबार १० कार्तिक २०७८

झापा, १४ असोज- बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारीदिनुभयो ।

उहाँले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताउनुभयो । यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो । विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारीदिनुभयो ।

बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयबाट गतभदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको थियो । (रासस)

प्रतिकृया दिनुहोस

ट्रेन्डिङ

‘द भ्वाइस अफ नेपाल’ जितेर अमेरिका गएका किरणलाई विमानस्थलबाट नै अमेरिका फर्काइदियो अध्यागमन विभागले


सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्ती बिग बोसको अहिले सम्मकै महंगो प्रतिष्पर्धी , सुन्दै छक्क पर्ने रकमको अफर


अमेरिकामा रहेकी नायिका रञ्जना शर्मा बिहे नै नगरी गर्भवती बनेपछि


बलिउडकी खरो स्वभावकी हिरोइन कंगना रनावतलाई एक फ्यानले यसरी हप्काए , त्यसपछि कंगनाले गरिन् यस्तो काम


कारागारमा कैदीहरुबीच भएको झडपमा परि २४ जनाको ज्यान गयो, ४२ घाइते


दाजु आर्यनको काखमा बसेर गेम खेलेको हेर्दै शाहरुख खानका साना छोरा अबराम , किंग खानले दिए यस्तो प्रतिक्रिया


प्लेन माथि पलेटी मारेर बसिन् नायिका प्रियंका चोपडा , फोटो भयो एकै छिनमा भाइरल


ट्रोल्सको प्रश्नमा कहिल्यै नरिसाउने नायक रितेश देशमुख यसरी रिसाए , भने– आफ्नो श्रीमतीको ख्याल गर मेरो श्रीमती तिर ध्यान नदेउ


सूर्य चिन्हबाट चुनाव जितेका हृदयेश र बृजेशकुमारलाई लाग्यो कडा झड्का, महाधिवेशनमा अयोग्य ठहरिए

१०
समुन्द्रको मुनि यी नायिकाको गज्जबको स्विमिंग , माछाहरुको बीचमा दिईन् यस्तो पोज

सम्बन्धित समाचार


Last Updated on: September 30th, 2021 at 1:08 pm
४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया