सोमबार ०३ माघ २०७८

रामेछाप ।जिल्ला प्रहरी कार्यालयले दशै विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरीले चाडपर्वको बेला यात्रुहरु नठगिउन भनेर नागरिक सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ ।

नागरिक सहायता कक्षको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले उदघाटन गरिसकेका छन् । प्रहरीले यात्रुसँग बढी भाडा लिने सार्वजनिक सवारीको साधनमाथि निगरानी बढाएको छ । प्रहरीले बढी भाडा लिएको सूचना दिन पनि जिल्लावासीलाई आग्रह गरेको छ ।

यसअघि पनि सार्वजनिक सवारी साधनको छडके चेकजाँच गर्ने क्रममा दोब्बर भाडा लिने चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बढी भाडा लिने सवारी साधनमाथि ठाउँको ठाउँ कारवाही हुने बताए ।

उनले भने, ‘हामीले सरकारले तोके भन्दा बढी भाडा लिने सवारी साधनलाई कानुन अनुसार कारवाही गछौ, अब सार्वजनिक सवारी साधनमाथि निगरानी बढाउछौं ।’डिएसपी ढुंगानाले जिल्लावासीलाई पनि बढी भाडा लिएको पाइएमा सूचना दिन आग्रह गर्दै सूचना दिने व्यक्तिको नाम गो’प्य राखिने बताए ।

हाल रामेछापबाट दैनिक चार सय भन्दा बढी साना ठूला सवारी साधन सञ्चालन हुँदै आएको प्रहरीले बताएको छ ।

केहि दिअघि काठमाडौँबाट विराटनगर तर्फ उडेको बुद्धएयरको प्लेनमा आकस्मिक समस्या देखिएपछि सफतापुर्वक सुरक्षित ल्याण्डिङ गराएका पाइलट आंगेलु शेर्पा र पेमा लामालाई उडान गर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आंगेलु शेर्पालाई उडान भर्न रोक लगाएको हो । उक्त दिन के भएको थियो र किन प्लेनमा समस्या देखिएको भन्दै घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ ।

घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । उनले भने, ‘यो नियमित पक्रिया हो ।’

गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमान त्यहाँ अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित ‘नर्मल’ अवतरण गरिएको थियो। सो विमान पाइलट आंगेलु शेर्पा र पेमा लामाले चलाएका थिए । विराटनगर अवतरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेसनमा समस्या देखिएको र टावरले पनि गियर नझरेको जानकारी दिएपछि चालकले जहाज काठमाडौं फर्काइएको थियो ।

बुद्धएयरको नाइन एन–एएनआइ कल साइन भएको जहाजमा ६८ वयस्क, २ बच्चा, ३ जना इन्फ्याण्ट गरी ७३ यात्रु रहेका थिए । सोमबार बिहान ८ः३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुनः काठमाडौं फर्काइएको थियो । सो विमान

 


Last Updated on: September 30th, 2021 at 2:59 pm
३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया