आइतबार ३१ आश्विन २०७८

उक्त खेलका लागि नेपाली टोली तयार भइसकेको छ। नेपाल पहिलोपटक उपाधि जित्ने दाउमा रहेको छ। माल्दिभ्ससँगको खेल कठिन भएपनि त्यसको सामना गर्न नेपाल तयार रहेको सहायक प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिएका छन्।

‘माल्दिभ्स राम्रो टिम हो। साथै साबिक विजेता पनि। उनीहरु आफ्नो घरेलु मैदानमा खेल्दै छन्। उनीहरुसँग खेल्नु हाम्रा लागि निकै कठिन हुनेछ,’ श्रेष्ठले भने।

नेपालका कप्तान किरण चेमजोङले माल्दिभ्सको सामना गर्न तयार रहेको बताएका छन्। ‘माल्दिभ्ससँग घरेलु मैदान र घरेलु दर्शकको फाइदा रहेको छ। हामी सबै दर्शकको सम्मान गर्छौं,’ उनले भने, ‘उनीहरुको फाइदा हामीलाई केही हुँदैन। हामी यहाँ नजिता निकाल्न आएका हौं।’

काठमाडौं । ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन्।

गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्काल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ।

विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन्। उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन्। अहिलेलाई उनको पाइलट लाइसेन्स स्थगित गरिएको छ।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
कोठामा श्रीमती मृत भेटिइन्, ‘गण्डकीमा हाम फाल्छु, सँगै जलाइदिनु’ भनी नोट लेखेर श्रीमान बेपत्ता
कोठामा श्रीमती मृत भेटिइन्, ‘गण्डकीमा हाम फाल्छु, सँगै जलाइदिनु’ भनी नोट लेखेर श्रीमान बेपत्ता
न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा ठूलो पानी पर्ने
न्यून चापीय क्षेत्रको प्रभाव : यी स्थानमा ठूलो पानी पर्ने
नारायणहिटी दरबार कसले र कहिले बनाएको हो ? यसरी गरियो नामकरण
नारायणहिटी दरबार कसले र कहिले बनाएको हो ? यसरी गरियो नामकरण
के साँच्चै नागा चैतन्य र सामन्था डिभोर्स गर्दै छन् ?
के साँच्चै नागा चैतन्य र सामन्था डिभोर्स गर्दै छन् ?
नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती कुवेतमा पक्राउ
नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती कुवेतमा पक्राउ
नयाँ बानेश्वरमा अर्ध नग्न अवस्थामा महिलाको शव फेला


Last Updated on: October 1st, 2021 at 10:58 am
५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया