आइतबार ३१ आश्विन २०७८

झापा । जङ्गली हात्तीलेले बोकेर एक महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको चार घण्टा बित्न लाग्दा समेत अझै फेला परेको छैन । हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन भित्र बिर्तामोड नगरपालिका-८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनका ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए ।

सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाईले च्यापिएर जङ्गलभित्र लगेका थिए । श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनिलाई जानकारी गराएका थिए ।

त्यसपछि महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जङ्गल पसेका छन् । घटना भएको चार घण्टा बित्न लाग्दा समेत महिला फेला परेको छैन, डिएसपी थापाले भने, खोजी कार्य जारी छ, जङ्गलभित्र महिलाको चप्पल, पोतेको झुत्तो र अलिकति कपालको गुजुल्टो फेला छ ।

महिला जीवित छिन वा मरिसकेकी छिन, अहिले नै केही भन्न नमिल्ने प्रहरीले जनाएको छ ।

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असोज १५ गते शुक्रबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज राति १२ बजेदेखि लागू हुने गरी दशैँको मुखमै काठमाडौँमा लागु भयो यस्तो कडा नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने (सूचना सहित)

काठमाडौं । ल्याण्डिङ गियर नखुलेपछि संकटमा परेको बुद्ध एयरको विमान सकुशल अवतरण गराउने क्याप्टेन आङगेलु शेर्पाले तत्काल विमान उडाउन नपाउने भएका छन्।

गत सोमबार ८ः३० मा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको नाइन–एनएनआईको एटिआर विमानको ल्याण्डिङ गियर नखुलेपछि विराटनगरमा अवतरण गर्न नसकी काठमाडौंमा अवतरण गरेको थियो।

सो प्रकरणमा छानबिन भइरहेकाले क्याप्टेन शेर्पाले तत्काल विमान उडाउन नपाउने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। स्रोतका अनुसार उनीमाथि पनि छानबिन भइरहेको छ।

विमानमा कुनै समस्या आए पायलटमाथि पनि छानबिन हुने र छानबिनमा परेका पायलटले विमान उडाउन नमिल्ने भएकाले उनले विमान उडान नपाउने भएका हुन्। उनले छानबिनको अवधिमा पायलट लाइसेन्स पनि प्रयोग गर्न पाउने छैनन्। अहिलेलाई उनको पाइलट लाइसेन्स स्थगित गरिएको छ।

७३ जना यात्रु बोकेको सो विमान दुई घण्टा आकाशमा उड्नुपरेको थियो। तर, अन्तिममा ल्याण्डिङ गियर खुलेपछि काठमाडौंमा नर्मल अवतरण गरिँदा ठूलो दु,घर्,टना टरेको थियो।

प्रतिक्रिया

 


Last Updated on: October 1st, 2021 at 11:06 am
३० पटक हेरिएको

तपाईको प्रतिक्रिया