
काठमाडौं । भक्तपुरको राधेरोधस्थित भाटभटेनी सुपर मार्केटले अनियमितता गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको बजार अनुगमनको क्रममा चिनी तथा खाने तेलमा २० प्रतिशतभन्दा बढी नाफा लिएको पाइएको हो।
अनुगमन टोलीले मूल्यसूचि नभएको, खरिद बिल देखाउन नसकेको हुनाले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। टोलीले भाटभटेनीमा रहेको तरकारीमो तौल नपुगेको तथा महँगोमा तरकारीहरु बेच्न राखेको भन्दै सम्झाईबुझाई गरेको थियो।
दशैंपर्व नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुमा मूल्यवृद्धि भएको उपभोक्ताहरुको गुनासो आएको भन्दै प्रशाशनले बजार अनुगमन शुरु गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ। सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण विभाग र मध्यपुरथिमि नगरपालिकाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो। नागिरकदैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस
काठमाडौं १४ असोज । आज राति १२ बजेबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक भिडभाड तथा मेला गर्न रोक लगाइएको छ ।
आज बिहिबार एक काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले एक आदेश जारी गर्दै कोरोनाको जोखिमका साथ आइरहेको नेपालीहरुको महान् पर्वको अवसरमा कोरोना संक्रमण फैलिन नदिन यस्तो आदेश दिएका हुन् ।
चाडपर्व मनाउँदा आफ्नै परिवारभित्र मात्र मनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने साथै आदेशमा सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाट मात्र काट्न यात्रुहरुलाई आग्रह समेत गरिएको छ ।
सवारी साधनमा आवात जावात गर्दा यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनु पर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नु पर्ने समेत जारी आदेशमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
झापामा जङ्गली हात्तीलेले बोकेर एक महिलालाई चन्द्रगढी वनभित्र लग्यो, चार घण्टादेखि खोजी कार्य जारी
७
निगुरो टिप्न जङ्गल गएकी लतुमाईको हात्तीले लियो लखेटी लखेटी ज्यान
८
घट्यो सुनको भाउ
९
सेतो पुतलीको सङ्क्रमबाट तीन हप्तामा एकसय जना बिरामी
१०
बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता उल्लाहको हत्या
सम्बन्धित समाचार
उत्तर कोरियाले गर्यो एक महिनामा फेरि अर्को चौथो आणविक परीक्षण, बिरोधीको लडाकु विमानलाई सजिलै निशाना बनाउने दाबी
उत्तर कोरियाले गर्यो एक महिनामा फेरि अर्को चौथो आणविक परीक्षण, बिरोधीको लडाकु विमानलाई सजिलै निशाना बनाउने दाबी
अब कोभिड खोप नलगाउनेलाई सार्वजनिक यातायातमा प्रतिवन्ध
अब कोभिड खोप नलगाउनेलाई सार्वजनिक यातायातमा प्रतिवन्ध
पोल्याण्डले अफगानी शरणार्थीहरुलाई आफ्नो देश छिर्न दिएन , यसरी कुट्दै फिर्ता पठायो
पोल्याण्डले अफगानी शरणार्थीहरुलाई आफ्नो देश छिर्न दिएन , यसरी कुट्दै फिर्ता पठायो
छुटाउनु भयो की ?
चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता)
चलचित्र निर्माता संघका अध्यक्ष अधिकारी भन्छन् हलका सिट आधा खाली राखेर फिल्म देखाउन सकिँदैन (अन्तर्वार्ता)