आइतबार १९ मंसिर २०७८

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । पर्यटकीय गतिविधिका लागि निकुञ्ज खुला गरिएको हो । विश्वव्यापी सङ्क्रमणका रूपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरसको भयावह परिस्थितिलाई मध्यनजर गर्दै वैशाखदेखि बन्द गरिएका पर्यटकीय गतिविधि निकुञ्जमा खुला गरिएका हुन् । हात्ती सफारीबाहेकका पर्यटकीय गतिविधिका लागि निकुञ्जमा नियमानुसार अनुमति लिई प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

जङ्गल सफारी, जङ्गल वाक, र्‍याफ्टिङ तथा डुङ्गा विहार, क्याम्पिङ र फिसिङलगायतका पर्यटकीय गतिविधि खुला गरिएको उनले जानकारी दिएका छन्। ‘निकुञ्ज प्रवेश गर्नेले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गर्नुपर्ने छ’, उनले भने, ‘अनिवार्यरूपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ ।’

उनका अनुसार जङ्गल वाकको हकमा एउटा गाइडले तीन र दुई गाइडले १० पर्यटकलाई गाइड गर्न पाउनेछन् । तोकिएको रुटमा मात्रै जङ्गल ड्राइभ, जङ्गल वाक, क्याम्पिनिङ तथा फिसिङ गर्न पाइने छ । कोरोना महामारीका कारण बन्द रहेको निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने अपेक्षा गरिएको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्जको प्रमुख विशेषताका रूपमा ५४ दशमलव पाँच वर्गकिलोमिटरमा फैलिएको घाँसेमैदान र त्यसमा विचरन भइरहने बाह्रसिङ्गेको ठूलो बथान हो ।

सबैभन्दा बढी पर्यटकले बाह्रसिङ्गेको बथान हेर्ने गर्दछन् । बाघको सङ्ख्यालाई र बाघ पाइने क्षेत्रलाई हेर्ने हो भने सानो क्षेत्रमा बाघको घनत्व बढी भएको क्षेत्रका रूपमा सो निकुञ्ज रहेको छ । निकुञ्जमा ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चरा पाइने गर्दछन् ।

हात्ती र गैँडासमेत निकुञ्जमा रहेका छन् । निकुञ्जमा पुग्ने पर्यटकको आकर्षणका रूपमा घाँसेमैदान, रानीताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, कृष्णसार संरक्षण गरिएको हिरापुर क्षेत्र, झोलुङ्गे पुल र कालिकिच ताल रहेका छन् ।

भर्खर
जंगली बँदेलको मासुसहित २ जना पक्राउ

सुनसरी– जंगली बँदेलको मासुसहित २ जना पक्राउ परेका छन् ।

ललितपुरले बनायो ईपीएल इतिहासकै ठूलो स्कोर, बिराटनगरको पनि विस्फोटक सुरुआत

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा शुक्रबार ललितपुर प्याट्रियसले

रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन

मुम्बई(दैनिक भास्कर)– हालैमात्र अभिनेत्री रिया चक्रवर्ती रियालिटी शो ‘बिग बोस

गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्छ : केसी

बागलुङ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार

वसन्तको ‘भन्छौ रे देश’

काठमाडौं–अमेरिकाको कोलोराडोमा बसेर नेपाली संगीतमा सक्रिय संगीतकार एवं गीतकार वसन्त

अस्पतालको शय्या बढ्यो, दरबन्दी बढेन

गलकोट- पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफू

‘क्रेजी लभर’ मा निमा रुम्बा

काठमाडौं– लामो समयको विश्रामपछि पपगायक निमा रुम्बा गायनमा फर्किएका छन्

चाडपर्वलाई लक्षित गर्दै सीमानाकामा सुरक्षा व्यवस्थामा कडाई

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दशैँ–तिहारका लागि सीमानाकामा तालिमप्राप्त

पर्यटकका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुला

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला

हिमानी शाह ४५ वर्षमा प्रवेश

काठमाडौँ– पूर्वयुवराज्ञी हिमानी शाह ४५ वर्षमा प्रवेश गरेकी छन् ।

 


Last Updated on: October 1st, 2021 at 12:42 pm
४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया