आइतबार ३१ आश्विन २०७८

१० वर्षअघि सुनामीमा हराएकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अहिलेसम्म पनि समुद्रको गहिराइमा डुबुल्की मारिरहेका छन् । जापानका यासुओ ताकामात्सुकी पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामीमा परेर बे,पत्ता भएकी थिइन् ।

यासुतोले आफ्नी श्रीमतीलाई खोज्नको लागि अण्डरवाटर डाइभिङको लाइसेन्स पनि लिइसकेका छन् । उनले विगत ७ वर्षदेखि एक्लै अण्डरवाटर डाइभिङ गरिरहेका छन् । उनलाई आफ्नी पत्नीसँग सम्बन्धित कुनै पनि चीज भेटिने आशा छ ।

जापानमा सुनामीमा करिब २५ सय मानिस बे,पत्ता भएका थिए । त्यसैले जापान सरकारले विगत केही वर्षदेखि अण्डरवाटर सर्च अभियान चलाइरहेको छ । यासुओले निजी रुपमा अण्डरवाटर डाइभिङ त गर्छन् नै साथमा उनी स्थानीय प्रशासनसँग हरेक महिना सम्पर्क गरेपछि उनीहरुसँग पनि संर्च अभियानको लागि सहभागी हुन्छन् ।

अहिलेसम्म यासुओले पानीभित्र कपडा, एल्बम लगायतका कैयौं चीजहरु भेटिसकेका छन् तर यी सबै अन्य व्यक्तिहरुका हुन् । अहिलेसम्म उनले आफ्नी पत्नीसँग सम्बन्धित कुनै चीज भेट्न सकेका छैनन् ।

जापानमा २०११ मा ७०० किलोमिटर प्रतिघण्टाको गतिमा १३३ फिट अग्लो सुनामीका लाहर जापानको उत्तर पूर्वी क्षेत्रमा आएका थिए । यो सुनामीले फुकुसिमा आणविक प्लान्टलाई पनि क्षतिग्रस्त बनाएको थियो । यसलाई युक्रेनको चेनरोबिलपछि सबैभन्दा ठूलो न्यूक्लियर विनाश मानिन्छ । यो सुनामीमा १५ हजार जना मा,रिएका थिए । करिब २ लाख ३० हजार नागरिकले घर छाड्नुपरेको थियो।

द सनका अनुसार यो सुनामी आउँदा यासुओ पत्नीका विषयमा चिन्तित थिएनन् किनकि उनकी पत्नीले काम गर्ने ठाउँ पहाडको पछाडि थियो । तर, सुनामीको तीब्रता बढेपछि उनले काम गर्ने बैंकका पनि कैयौं कर्मचारी डुबेका थिए जसमध्ये यासुओकी पत्नी पनि थिइन् ।

यासुओकी पत्नीको शरीर अझै बेपत्ता छ । यासुओले आफ्नो जीवन पत्नीको खोजीमा लगाइसकेका छन् ।

यासुओका अनुसार उनकी पत्नीले अन्तिम म्यासेजमा आफू बैंकको कामले थाकेको र घर आउन चाहेको बताएकी थिइन् । यही कारण यासुओलाई अझै पनि उनकी पत्नी घर फर्किन चाहन्छिन् भन्ने लाग्छ र उनले पत्नीको खोजी गरिरहेका छन्।

खोटाङ घर भै काठमाण्डौ घुम्नको लागि आएका ५० वर्षीय सुखलसी राई परिवार संग सम्पर्क बिहिन भएका हुन् उनका छोरा आर एस राइका अनुसार ६ :३० बजे तिर सुनाकोटि देखि लगनखेल जानेक्रममा उनि परिवारवाट सम्पर्कविहीन हुनुभएको हो उहालाई कहिँ कतै देखेमा नजिकको प्रहरी कार्यालय अथवा उहाको छोरा आर एस राइको नम्बर ९८१०१८५४५१,९८१७१७९२ मा सम्पर्क गरिदिन हार्दिक अनुरोध गर्नु भएको छ

लहान । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०÷१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो । त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ ।

सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ । अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका वियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो । अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिनालेवलका २१ थान पानीका जारसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।

लहानस्थित सुरज खाजाघर, अन्सु कोल्ड स्टोरबाट म्याद गुज्रेका खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । अनुगमनकै क्रममा अटोरिक्सामा लगिरहेको अवस्थामा लेबल नभएका १८ थान जार पानीसमेत नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोब्सलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको भनाइ थियो ।

यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।

महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा (ग) वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो । सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।

/ नागरिक उड्‍डयन प्राधिकरणले बुद्धएयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ। घ’टनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ।

घ’टनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ घ’टना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो। यो नियमित पक्रिया हो।

 


Last Updated on: October 1st, 2021 at 2:49 pm
१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया