बुधबार १० कार्तिक २०७८

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिएका छन् । दसैँ नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडा च्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिए । दुई सय भेडा च्याङ्ग्राको माग गरिए पनि थोरै सङ्ख्यामा नेपाल भित्रिएको उनले बताए । ‘चीनतर्फ सम्पर्क राखेर भेडा च्याङ्ग्रा ल्याइदिन माग गरेका थियौँ, रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडा च्याङ्ग्राको आज (शुक्रवार) भन्सार गछौँ, उनले भने ।’

विगतका वर्षभन्दा यो वर्ष भेडा च्याङ्ग्राको मूल्य महँगो परेको न्यौपानेले बताए । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उनले बताए । नेपाल भित्रिएको प्रतिभेडा च्याङ्ग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म मूल्य पर्ने उनले बताए । ‘गत वर्ष भन्दा यो वर्ष महँगो परेको छ, पहिला १२-१३ सय प्रतिकिलो पर्थ्यो भने अहिले १७-१८ सय पर्ने देखिएको छ, उनले भने ।’चीनबाट यो बाहेक अरू भेडा च्याङ्ग्रा नआउने उनले बताए । ‘नाका बन्द छ, पहिला जस्तो हामी आफै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ,’ उनले भने, ‘माग गरिएका अन्य सामान त आएको छैन भने यो ल्याउन पनि धेरै समस्या भयो ।’ तिब्बतबाट प्रत्येक वर्ष भेडा च्याङ्ग्रा आयात हुँदै आएको छ ।

कोभिड-१९ सुरु हुनु पूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्याङ्ग्रा आयात गर्ने गरेका थिए । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका थिए । नेपाली व्यापारी भेडा च्याङ्ग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए ।

पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएकाले आयातमा कमी आएको व्यापारी बताउँछन् । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा चार सय ७० वटा, २०७६ मा दुई सय ९० वटा भेडा च्याङ्ग्रा आयात भएको तथ्याङ्क छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्याङ्ग्रा आयात हुने गरेको थियो ।

काठमाडौ – आयोजक माल्दिभ्ससँग खेल्दै नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ । मालेमा आज (शुक्रबार) बाट सुरु हुने १३औं संस्करणको साफको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स भिड्न लागेका हुन् । खेल नेपाली समय अनुसार साझको ९ः ४५ बजे सुरु हुनेछ ।

images
यसअघि उद्घाटन खेलमा बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यसपटक प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । जसमा कारण ५ देश सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा आयोजना हुनेछ ।

नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, साविक विजेता माल्दिभ्स समेत नेपाललाई पराजित गर्दै घरेलु दर्शकमाझ प्रतियोगितामा बलियो उपस्थित देखाउन चाहन्छ । नेपाली टोलीका कप्तान किरणकुमार लिम्बुले खेल अघि बोल्दै टोलीमा युवा र अनुभवी खेलाडीको तालमेल राम्रो रहेको र घरेलु दर्शक माझ माल्दिभ्सलाई चुनौती दिन तयार रहेको बताएका छन् ।

प्रतियोगिताको १३औ संस्करण आइपुग्दा नेपालले हालसम्म उपाधि हात पार्न सकेको छैन । यति मात्रै हैन नेपाली टोली हालसम्म फाइनल समेत पुगेको छैन । न्युज कारखाना

अलमुताइरीको प्रशिक्षणमा नेपालको नतिजा

 


Last Updated on: October 1st, 2021 at 4:06 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया