आइतबार १९ मंसिर २०७८

आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ। तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो।

मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती बुवाको फोन आएको थियो आवाज सुन्न मन नलागेर नबोली राखिदिए (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका पुजा शर्माले कहिल्यै आफुलाई पिताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन । उनले आफुलाई किन फोन गर्नु ? जतिवेला मलाई र मेरो आमालाई परिवारको साथ चाहिएको थियो त्यती बेला पाइएन । उनीहरु अब मलाई चाहिदैन ।

उनले आफुलाई जे काम गर्न पनि हिम्मत लाग्ने बताएकी छन् । त्यो साहस आफुलाई आमाले नै दिएको बताएकी छन् । आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसकेको बताएकी छन् ।

उनले सकेसम्म धेरै समय आमासंगै बिताउन चाहेकै कारण विवाह पनि ढिलो गर्ने सोच बनाएको बताएकी छन् । कता कता डर लाग्छ विवाह गरेर जाने घर कस्तो पर्ने हो ? आमालाई हेर्न पाउँछु की पाउँदिन यो सबै कुरा सोचेर पनि विवाहको बारेमा सोच्न सक्दिन ।


Last Updated on: October 1st, 2021 at 5:22 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया