बुधबार १० कार्तिक २०७८

टुप्पीले नै कार घिसार्छन् गोर्खे दाइ (भिडिओ), गिनिज बुकमा नाम लेखाउने तयारि ,लाखौले हेरे उनको भिडियो
भिडियो

मनोरंजन

रोचक
टुप्पीले नै कार घिसार्छन् गोर्खे दाइ (भिडिओ), गिनिज बुकमा नाम लेखाउने तयारि ,लाखौले हेरे उनको भिडियो
चितवन । पछिल्लो समय निकै चर्चामा छन्, भरतपुर–१३ गंगानगरका वेदनाथ अधिकारी अर्थात् गोर्खे दाइ बहादुर । चर्चाको कारण हो, उनको टुप्पी । उनी टुप्पीले डोरीको सहारामा कार घिसार्छन् ।बुधबार पनि उनले टुप्पीमा डोरी बाँधेर कार घिसारे । कार घिसार्नुपूर्व वेदनाथले टुप्पीलाई माछाको जाली बुन्ने मसिनो डोरीमा गाँठो पारे । सोही गाँठोमा नाइलनको डोरी बाँधेर अर्को टुप्पो कारको इञ्जिनमा बाँधे । अघि टुप्पीले तानेर सजिलै कार घिसारे । स्टार्ट नगरेर न्यूट्रलमा राखिएको कारलाई उनले करिब पाँच सय मिटर हिँडाए ।

उनले तानेको कारको तौल ८५० किलोग्राम भएको बताइएको छ ‘तीन वर्षयता टुप्पीले मान्छे उचाल्थेँ, घिसार्थेँ’, उनी भन्छन्, “हिम्मत बढेपछि कार नै हिडाँउन सक्ने भएँ ।’ उनले टुप्पीले कार घिसार्न थालेको दुई दिन भयो । बुधबार दिउँसो घर नजिकैको गाउँ ब्रहमपुरीको पीच सडकमा उनले कार घिसारेका हुन् ।

उनले कार घिसारेको दृश्यले छिमेकीहरु दंग परे । उनले यसअघि मेला, महोत्सव, स्कुलका कार्यक्रममा टुप्पीले विभिन्न गह्रौं बस्तु उचालेर कला देखाउँदै आएका थिए । उनको कलालाई प्रचार गर्न अभियन्ता अर्जुन भुसालले सहयोग गरेका थिए ।

उनी विभिन्न जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न पनि सिपालु छन् । उनलाई यस्तै कलामार्फत् गिनिज बुकमा नाम लेखाउन मन छन् । उनी भन्छन्– मेरो कला विश्वसामू देखाउन चाहन्छु । गिनिज बुकमा नाम लेखाउन मन छ ।

६ कक्षा पढेका उनले ३ वर्षजति टुरिष्ट गाइडको काम पनि गरे । उनको टुप्पी देखेर विदेशी पर्यटक पनि दंग पर्थे ।वेदनाथ २०५४ सालदेखि चितवनमा बसिरहेका छन् । उनको पुख्र्यौली घर गोर्खा हंसपुर–२ लप्सीबोट हो । गोर्खाबाट झरेकै कारण उनी गाउँमा गोर्खे दाइ भनेर चिनिन्छन् । तर, उनी २ दिनयता सामाजिक सञ्जालमा टुप्पी बहादुर भनेर चिनिँदै छन् ।

उनले यसरी कार घिसारे, भिडिओ हेर्नुहोस्


Last Updated on: October 1st, 2021 at 7:51 pm
९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया